
नारीकोसिस डटकम । सामान्यतया तोरीको तेल भान्सामा खाना पकाउन वा बच्चाहरुलाई मसाज गर्न प्रयोग गरिन्छ । तोरीको तेलमा कयौँ यस्ता तत्त्वहरू हुन्छ जसले मानव स्वास्थ्यका लागि निकै फाइदा पुर्याउने गर्छ । हाल बजारमा पाइने विभिन्न ब्रान्डका खाने तेलहरूमध्ये मुटु र समग्र स्वास्थ्यका लागि परम्परागत तोरीको तेल सबैभन्दा उपयुक्त रहेको स्वास्थ्य विशेषज्ञहरूले बताउँदै आएका छन् ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका मुटु रोग विशेषज्ञ डा। ओममूर्ति अनिलका अनुसार मानव स्वस्थको लागि अरु तेलहरूभन्दा पनि तोरीको तेलमा राम्रो गुण पाइन्छ । उनका अनुसार बजारमा पाइने सनफ्लावर, मकै, भटमास आदिको तेलमा कोलेस्ट्रोल शून्य लेखिए पनि बोसोको मात्रा शतप्रतिशत नै हुने हुँदा उक्त तेलले बिगार गर्दैन भनेर ढुक्क भएर प्रयोग गर्नु स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ ।
तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट, २१ प्रतिशत पोलीअनस्याचुुरेटेड फ्याट र १२ प्रतिशत स्याचुुरेटेड फ्याट, ओमेगा ३ र ओमेगा ६ पाइन्छ । मस्टर्ड रिसर्च एन्ड प्रमोसन कन्सोर्टियम एमआरपीसीको विज्ञप्तिअनुसार, खानामा तोरी तेलको प्रयोगले स्वास्थ्य राम्रो बनाउन सक्छ र फ्याट तथा चिप्लो पदार्थ मुटुको धमनकिा भित्तामा गएर बस्न नसक्ने हुँदा मुटु रोगको जोखिम ७० प्रतिशतसम्म कम गर्न सक्छ ।
तोरीको तेलले रगतमा भएको खराब कोलेस्टेरोललाई घटाएर क्यान्सरविरुद्ध लड्ने तत्त्वहरूलाई बढाउने काम गर्छ । यसको सेवनले पाचन प्रणालीमा सुधार ल्याएर पेट तथा कोलोन क्यान्सरको रोकथाम गर्छ । तोरीको तेलले शरीरमा दिनहुँ मसाज गर्दा रक्त सन्चार प्रणालीलाई सक्रिय गरेर जोर्नी दुख्ने र बाथको समस्यालाई निको पार्छ । तोरीको तेलले रौं छिद्रलाई खोलेर छालाबाट विषालु तत्त्वलाई बाहिर निकाल्छ ।
यसका साथै तोरीको तेलमा अन्य फाइदा
मष्तिष्कको कार्यक्षमता बढाउँछ
दाँत सेतो बनाउँछ र दाँतसम्बन्धी समस्या हटाउँछ
छाला स्वस्थ बनाउन मद्दत गर्छ
शरीरका काला धब्बा हटाउँछ
प्राकृतिक सनस्क्रीनको काम गर्छ
छाला सुख्खा हुन दिँदैंन र संक्रमणबाट जोगाउँछ
कपाल झर्नबाट जोगाउँछ, सुख्खा हुुन दिँदैंन
कपाल चाँडै फुल्न दिँदैंन
तोरीको तेल चायाँ पर्न दिँदैंन













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु