
नारीकोसिस डटकम/असोज १२ । सन् २०१९ को भोकमरी र गरिबी विरुद्धको युवा पुरस्कार नेपाली चेली सम्झना खनालले हात पार्न सफल भएकी छन् ।
यो पुरस्कारका लागि १८ देखि २९ वर्षभित्रका विश्वभरिबाट ६ हजार ५ सयभन्दा बढीले सहभागिता जनाएकोमा नेपाली चेली खनाल विजयी हुँदै पच्चीस हजार अमेरिकी डलर बराबरको पुरस्कार जितेकी हुन् ।
विजेता खनालको “भोकमरी – एक इतिहास” भिजन, जसले संसारलाई सन् २०५० भित्र कसरी भोकमरी रहित बनाउन सकिन्छ भन्ने विषयको परिकल्पना गर्दछ, त्यही सोचको लागि उनलाई यो पुरस्कार प्रदान गरिएको हो । संयुक्त राष्ट्र विकास कार्यक्रमका प्रतिनिधी निर्णायक मण्डली रहेको अवार्ड जुरीले चार चरण लगाएर उक्त पुरस्कारको विजेता घोषणा गरेको हो ।
जुन देश (अथवा जुन जलवायु) मा जे सम्भव छ, त्यसकै वृहत्तर उत्पादन गर्ने, महिलालाई बजार र उत्पादनसँग प्रत्यक्ष जोड्ने, समुहमा आधारित माइक्रोफाइनान्स संजाललाई ग्रामिण भेगमा विस्तार गर्ने, गाउँको उत्पादन–सहरको बजार–पैसा गाउँतिर डोर्याउने, दिगो विकासको लक्ष्य भेट्टाउन गरिब मुलुकको जनताको जीवनमा विज्ञानको प्रयोग र विकाश कसरी गर्ने भन्ने जस्ता अरु थुप्रै भिजन भएको सोधपत्र र अहिलेसम्म उनले कृषि क्षेत्र र महिला सशक्तिकरणमा गरेको नेतृत्वलाई सम्मान गर्दै यो पुरस्कार प्रदान गरिएको हो । उनी विगत चार वर्षदेखि यही सोचमा आधारित भएर अनुसन्धान र प्रसारमा लागिपरेकी छन् ।
सम्झना हाल नेदरल्याण्ड सरकारको छात्रवृद्धि अन्तर्गत “बागेनिगन विश्वविद्यालया” मा कृषिमा स्नातकोत्तर गर्दैछिन् । स अघि उनले
Youth innovators award Asia 2018 पनि जितिसकेकी छिन् ।https://www.facebook.com/Ramkshrestha/photos/a.1378970082336019/2504339243132425/?type=3













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु