
नारीकोसिस डटकम/कार्तिक १, काठमाडौं । नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । ‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन’ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा परेको हो ।
उत्कृष्ट पाँचबाट सबैभन्दा उत्कृष्ट छनोट हुने क्रममा यति बेला विश्वभरबाट अनलाइन मतदान चलिरहेको परियोजना निर्माण गर्ने नेपालस्थित प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।
“कास्की जिल्लाको मादी गाउँपालिकामा करिब तीन वर्षअघि क्यामरा ट्र्या्पिङमा ध्वाँसे चितुवा देखिएपछि संरक्षणको पहल सुरु गरेका थियौँ”, उहाँले थप्नुभयो, “दिनभर नदेखिने ध्वाँसे चितुवा रातमा मात्र विचरण गर्ने हुँदा स्थानीयवासी पनि यसबारे अञ्जान छन् । ”
त्यसैले यस क्षेत्रमा ध्वाँसे चितुवा जोगाउँदै पर्यटन र संरक्षणमार्फत स्थानीयवासीको जनजीविका सहज बनाउने गरी परियोजना तयार गरेको उनले बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु