
नारीकोसिस डटकम । ज्योतिषशास्त्रका अनुसार मानिसको चालचलन, व्यवहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरूले बताउँदै आएका छन् । आइतबार जन्मने व्यक्तिहरू निकै निकै भाग्यमानी हुन्छन् ।
यस्ता व्यक्तिहरू निकै संवेदनशील हुने भएका कारण कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् । अरुलाई सहयोग गर्न सधैँ तयार रहेपनि चाँडै झनक्क रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रू पनि रिसाउने गर्दा यस्ता व्यक्तिहरूको निकै कम साथीहरू हुने गर्छन् । निकै कम साथीहरूमा पनि साँचो मिल्ने मित्र २–३ जना मात्र हुने गर्छ । तर, यस्ता व्यक्तिहरूले आफ्नो सम्बन्धलाई निकै सम्मान गर्ने भएको कारणले नजिकका मानिसहरू तपाईंको झनक्क रिसाउने बानी भइकन पनि तपाईंको साथ छोड्ने गर्दैनन् ।
आइतबार जन्मेका जन्मेका व्यक्तिहरू सकारात्मक सोचका मालिक हुन्छन् र यिनीहरूलाई सजिलैसँग विश्वास गर्न सकिन्छ । यस्ता व्यक्तिहरूले चाँडै नै मानिसहरूलाई विश्वास गर्ने भएका कारणले प्रतिफल भोग्नु पर्ने हुन्छ । कनै पनि कुरामा सम्झौता नगर्ने भएका कारणले यस्ता व्यक्तिहरू पैसावाल हुनुका साथै आफ्नो बलबुँतामा नै पैसा कमाउने कोशिश गरिरहेका हुन्छन् ।
रूपरंगमा पनि राम्रो हुने र सौन्दर्यलाई मन पराउने भएका कारणले धेरै जसो आइतबार जन्मेका व्यक्तिहरूले प्रेम विवाह गर्ने गर्दछन् । उनीहरूको वैवाहिक जीवन पनि सुखमय हुने गर्दछ । यस्ता व्यक्तिहरूमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा रुचि बढ्ने गर्छ । उक्त बार जन्मने व्यक्तिको आयु पनि लामो हुने गर्छ । उनीहरूले घर परिवारलाई खुसी राख्नका लागि निकै प्रयास गरिरेहेका हुन्छन् । kosionline













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु