
नारीकोसिस डटकम/कात्तिक २६, भक्तपुर । विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रको नयाँ भवनको शिलान्यास गरिएको छ ।
भक्तपुरको चाँगुनारायण–८, ताथलीमा सो केन्द्रले मंगलवार एक औपचारिक कार्यक्रम गरी भवनको शिलान्यास गरिएको हो ।
भवनको शिलान्यास प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गर्नुभएको थियो ।
सो भवन निर्माणको लागि ४ करोड ७५ लाख लागत लाग्नेछ ।
सो भवनको लागि हालसम्म आर्थिक सहयोग मिसन रिविल्ड नेपालले ४० लाख, एन. आर. एन. ए. ले ३० लाख र विभिन्न व्यक्तित्वहरुबाट १ लाख ८० हजार सहयोगको प्रतिवद्धता सहित गरी हालसम्म ७१ लाख ८० हजार रुपैया सहयोग जुटेको विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविताले जानकारी दिनुभयो । साथै उहाँले भवन निर्माणको लागि धेरै लागत लाग्ने भएकाले भवन निर्माणमा आर्थिक तथा एउटा इट्टा थपेर सहयोग गरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।
नयाँ बन्न लागेको सो भवन अन्तरगत रिर्सच सेन्टर, ट्रेनिङ सेन्टर, स्कुल खेल मैदान सहितको बन्नेछ ।
संस्थापक अध्यक्ष उप्रेतीका अनुसार करिव २ वर्षको अवधिमा सो भवन निर्माण कार्य सम्पन्न हुनेछ ।
सो स्कुल विगत ९ वर्ष देखि काठमाडौंको पेप्सीकोलामा भाडामा संञ्चाति छ ।
यो स्कुल निर्माणपश्चात विशेष गरी अटिजम भएका वालवालिकाहरु अटिजममैत्रीपूर्ण वातावरणमा शिक्षा हाँसिल गर्न पाउनेछ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो