
नारीकोसिस डटकम/मंसिर १०, काठमाडौं । के तपाईंले चिकित्सकसँगको परामर्शबिनै एन्टिबायोटिक औषधि सेवन त गर्नुभएको छैन ? यदि त्यसो हो भने सावधान ! चिकित्सकको सल्लाहबिना जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा स्वास्थ्यमा गम्भिर असर हुन सक्छ ।
पछिल्लो समय एन्टिबायोटिकको गलत प्रयोगको जोखिम बढ्दै गएको देखिएको छ । जथाभावी एन्टिबायोटिक प्रयोगका कारण कतिपय बिरामीमा औषधिले कामै नगर्ने स्थिति आउने गरेको चिकित्सक बताउँछन् ।
एन्टिबायोटिक ब्याक्टेरियाका कारण हुने संक्रमण या रोगलाई निको पार्न प्रयोग गरिने औषधिको समूह हो । चिकित्सकको प्रेस्क्रिप्सनबिना जथाभावी यसको प्रयोग गरेकै कारण सानासाना रोगसमेत लामो समयसम्म रहन सक्ने चिकित्सकको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा। दीपेन्द्ररमण सिंहले एन्टिबायोटिकको दुरुपयोग बढेको भन्दै रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए ।
त्रिवि शिक्षण अस्पतालका क्लिनिकल फार्माक्लोजी डा। सतिशकुमार देवले एन्टिबायोटिक सेवन गर्न परिहाले यसको डोज पूरा गर्नुपर्ने बताउँछन् । उनले भने, ‘एन्टिबायोटिकको गलत प्रयोगले हामीले आफूलाई मात्र असर पु¥याएका छैनौं । भावी सन्ततिलाई समेत असर गरिरहेका छौं ।’
विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिबायोटिकले काम गर्न छाडेमा सन् २०५० पछि प्रतिवर्ष ब्याक्टेरियाका कारण हुने संक्रमणबाट विश्वमा १ करोड मानिसको मृत्यु हुने अनुमान छ ।
एन्टिबायोटिकको अल्प उपयोग, अतिउपयोग र दुरुपयोगले ब्याक्टेरियाले आफ्नो क्षमता बढाउँदै गएको पाइएको छ । एन्टिबायोटिकलाई चिकित्सकको सिफारिसबिना प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ । तर, औषधि पसलबाट सहज रूपमा एन्टिबायोटिक बिक्री भइरहेको पाइएको छ ।
– चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक बेच्दै औषधि पसल
– ‘एन्टिबायोटिक’ को गलत प्रयोग अनुगमन निष्प्रभावी
औषधि व्यवस्था विभागका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीले एन्टिबायोटिकको दुरुपयोग बढेको बताए । उनले भने, ‘सामान्य संक्रमणमा पनि एन्टिबायोटिकको प्रयोग भइरहेको छ ।
डाक्टरको सल्लाहबमोजिम मात्रै यसको समुचित प्रयोग गर्नुपर्छ ।’चिकित्सकका अनुसार एन्टिबायोटिक औषधिले ब्याक्टेरियालाई नष्ट गर्न र ब्याक्टेरियाको वृद्धि हुने क्षमतामा ह्रास ल्याउने काम गर्छ । तर, एन्टिबायोटिक संक्रमण रोगविरुद्ध प्रयोग हुने महत्वपूर्ण औषधिसमेत हो ।
औषधि पसलेले एन्टिबायोटिक जथाभावी र बिरामीले आफूखुसी किनेर खाने गर्दा पछिल्लो समय जनस्वास्थ्यमा गम्भीर असर परिरहेको स्वास्थ्य विज्ञको भनाइ छ । विश्व स्वास्थ्य संगठनले एन्टिबायोटिक प्रयोग हुँदा ब्याक्टेरियाले दिने प्रतिक्रियाबाट रेसिस्ट्यान्स हुने जनाएको छ ।
एन्टिबायोटिक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
–एन्टिबायोटिक औषधि धेरै प्रकारका भएकाले सम्बन्धित रोगको परीक्षणबिना प्रयोग गर्नुहुँदैन ।
–चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक जथाभावी खानुहुँदैन
–संक्रमणको किसिम र अवस्था हेरेर मात्रै एन्टिबायोटिक प्रयोग गर्नु उचित मानिन्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार जथाभावी एन्टिबायोटिक औषधि प्रयोग गरेकै कारण विश्वमा हरेक ४५ सेकेन्डमा एक जनाले ज्यान गुमाइरहेको जनाएको छ । दक्षिण एसियाली राष्ट्रमा एन्टिबायोटिकको जथाभावी प्रयोग भइरहेको संगठनको अनुमान छ ।राजधानी दैनिकबाट













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो