
नारीकोसिस डटकम । एजेन्सी । एक नयाँ अनुसन्धानले अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी हुने मानिसमध्येमा पर्ने देखाएको छ । अनुसन्धानका अनुसार बालबच्चा नभएका अविवाहित महिलाहरु संसारकै खुसी हुन्छन् ।
शिर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यो निष्कर्ष निकालिएको हो ।
एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरुको तुलनामा अधिक स्वस्थ र लामो जीवन जीउने गरेको वेल्स स्थित एक प्रोफेसरले बताए ।
‘लन्डन स्कुल अफ इकोनोमिस्क’ का व्यवहारिक विज्ञानका शिर्ष विश्लेषक डोलानका अनुसार अन्य व्यक्तिको तुलनामा अविवाहित महिलाहरु संसारकै बसैभन्दा खुसी हुन्छन् ।
सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनु पर्छ भन्ने जरुरी नभएको’ संकेत गरेको डोनालले बताए । यी विषयहरु खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु