
नारीकोसिस डटकम । एउटा नेपालीमा उत्ति छ ,”जस्तो अन्न त्यस्तै मन, जस्तो मन त्यस्तैे तन ।” यसबाट के प्रष्ट हुन्छ भने हामीले खाएको खाना जस्तो छ । हाम्रो विचार वा मन पनि त्यस्तै हुन्छ । हाम्रो विचार जस्तो बन्छ । त्यहि अनुरुपको शरीर बन्छ । खप्पतड बाबाले भनेका छन् (“विचार बाण सरह हुन्छ ।” जसरी बाण तिरबाट छुटेपछि त्यसलाई फर्काउन सकिदैन त्यसरी नै हामीले सोेचेको प्रत्येक विचारले आफनो कार्य गररै छोड्छ । त्यसको कार्यबाट रोक्न सकिदैन । कुनै पनि अवस्थाप्रति धेरै दुखि र चिन्तित भई त्यसलार्इ सहज बनाएर मनमा लिनुलाई सकारातमक सोच भन्ने वुझिन्छ । त्यसैले हाम्रो मनमा हरपल सकारात्मक सोचाई मात्र ल्याउनु पर्दछ । सकारात्मक सोचाईको फतिफल पनि सकारात्मक नै हुन्छ । नकारात्मक सोचाइको प्रतिफल नकारात्मक नै हुन्छ ।
सकारात्मक हुन हामी निम्न कुराहरुमा ध्यान दिनुपर्दछ ।
– स्वास्थ्यमा ध्यान दिने । नियमित व्यायाम गर्ने । विहानको चिसो हावामा हिड्ने आदि ।
– विहानको समयमा एक घण्टा व्यवसाय,नोकरी अन्य कुनै पनि कुराको बारेमा नसोच्ने ।अर्थात दिमागलाई शान्त बनाउने ।
– खानपानमा ध्यान दिने । ज्यादै धेरै र ज्यादा कम भन्दा पटक पटक थोरै खाईरहने । पानीको मात्रा मिलाएर पिउने ।
– स–सान काम गर्दा पनि त्यो कामसँग आनन्द लिने ।
– कसैको इष्र्या र डाहा नगर्ने ।
– आफ्नो काममा नै मस्त हुने ।
– बढि महत्वकांक्षी नहुने ।
– आफ्नो क्षमताको आधारमा बाँच्न सिक्ने।
– देखासिखिमा आफ्ना आवश्यकता नबढाउने ।
– आफुसँग भएका र रहेका चिजबाट थप केही सिर्जन गर्ने ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो