
नारीकोसिस डटकम । राम्रो सुन्दर रहनु हरेक मानिसको इच्छा चाहना हुन्छ। पुरुषभन्दा पनि महिलाहरुमा यो चाहना बढी हुने गर्दछ । त्यसैले उनीहरु विभिन्न खालका मेकअपले आफ्नो अनुहारलाई सिंगार्ने गर्छन् । अनुहार सिंगार्ने विभिन्न तरिकाहरु छन् जसमध्ये फेसियल पनि एक हो । फेसियल गर्नाले अनुहार सफा, मुलयम, सुन्दर हुने भएकाले यसप्रति महिलाहरुको चासो बढी भएको हो । महिलालाई मात्र नभएर अनुहारलाई सफा राख्न पुरुषको लागि पनि यो निकै लाभदायक मानिन्छ ।
तर, फेसियललाई गलत तरिकाले गरियो भने अनुहारमा विभिन्न खालका एलर्जी आउने, छाला चाउरी हुने गर्छन् । यसले गर्दा मानिसको सुन्दरता बिग्रन्छ । त्यसैले पनि फेसियल गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।।
१. फेसियल गर्दा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । बजारमा पाइने प्रोडक्टमध्ये गुणस्तरीय प्रोडक्ट, गुनस्तरीय ब्रान्ड मात्र छनोट गर्नुपर्छ । दक्ष प्राविधिकबाट मात्र फेसियल गराउनुपर्छ ।
२. बजारमा पाइने जुनसुकै प्रसाधन प्रयोग गर्नु हुँदैन । संवेदनशील छाला वा पिम्पलले बढी संक्रमण गरेको छालामा स्क्रबको प्रयोग गर्नु हुँदैन । अनुहारमा २५ मिनेटभन्दा बढी मसाज गर्नु हुँदैन ।
३. अनुहारमा बढी मसाज गर्नाले इलास्टिसिटी लुज हुन सक्छ । जसले गर्दा छाला लत्रिने सम्भावना पनि हुन्छ । गर्दनको ब्ल्याक हेड्स निकाल्नु अथवा चलाउनु हुँदैन । सेन्सेटिभ स्किन, ड्राई र नेचुरल स्किन र आँखीभौँ वरिपरि अल्कोहलयुक्त टोनर प्रयोग गर्नु हुँदन ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु