
नारीकोसिस डटकम पुस २, काठमाडौँ । नेपाल घुम्न आएकी १२ वर्षीया विदेशी बालिका बलात्कारको प्रयासमा परेकी छिन् । सत्तारुढ नेकपाकै जनप्रतिनिधिका नातेदार अभियोग लागेर प्रहरी हिरासतमा पुगेका छन् ।
मंसिर २८ गते शनिबार लाङटाङको दृश्य हेर्न रसुवा पुगेका बेला एक अस्ट्रेलियन बालिकामाथि यौनजन्य कसुर गरेको आरोप लागेपछि पीडितका अभिभावक काठमाडौँस्थित महानगरीय प्रहरीमा पुगेका थिए ।
सोही बमोजिम ट्रेकिङ गाइडको काम गर्ने भनी परिचय दिएका २९ वर्षीय सुनिल पौडेललाई प्रहरीले पक्रेको छ । पौडेलले करणी प्रयासको अभियोग अस्वीकार गरे पनि पीडितका आफन्तहरुको दाबी छ, ‘प्रयास मात्र होइन, बेलैमा हामीले नदेखेको भए यसले करणी नै गर्ने स्थिति थियो ।’
एक रिसोर्टमा बसेको बेला सुनिलले बालिकालाई घुम्न जाऔँ भनेका थिए । बालिकाले बाबुआमासँग चिनजान भएको केटाले घुमाउँछु भनेपछि राम्रै मनशाय होला भन्ठानिन् । तर, ५ बजे साँझ सुनिलले यौनजन्य कृयाकलाप गर्न थालेपछि बालिका चिच्याइन् र भागेर अभिभावकसमक्ष आइपुगिन् ।
काठमाडौँबाट पक्राउ परेपछि सुनिललाई रसुवा चलान गरिएको छ । उनलाई म्याद थपेर कारवाही अगाडि बढाइएको डिएसपी भाग्येन्द्रपुरुष ढकालले जानकारी दिए । सुनिल कालिका गाउँपालिका अध्यक्षका भाइ हुन् ।
आजको जनआस्था साप्ताहिकमा खबर छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो