भक्तपुर नगरपालिकाको नगरवासीलाई स्वस्थ बनाउने अभियान यस्तो छ……. (हेर्नुहोस् भिडियोसहित)

नारीकोसिस डटकम/कात्तिक २५, भक्तपुर । भनिन्छ स्वास्थ्य नै जीवनको अमुल्य धन हो । त्यसैले हाम्रो स्वास्थ्य कति स्वस्थ छ भन्ने कुराले महत्व राख्दछ । स्वस्थ जीवनको लागि नियमित व्यायामको आवश्यक पर्दछ । दिनप्रदिन बढ्दो बाहिरी दुषित हावापानीदेखि लिएर आधुनिक व्यस्त जीवनशैलीका कारण मानिसहरु कम उमेरमै अस्वस्थ जीवन जीउन बाध्य छन् । आधुनिक व्यस्त जीवशैलीमा विशेष गरी मानसिक रुपमा बढी र शारिरिक रुपमा कम उर्जा खपत हुने हुँदा पनि मानिसको स्वास्थ्यामा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्दछन् । साथै आधुनिक समाजको विकास हुने क्रममा दिनानुदिन विषापदियुक्त मिसावट खानेकुराहरु बजारमा आउने भएका कारण स्वास्थ्यामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आम नागरिकले समस्या भोगीरहेका छन् ।
त्यसैले यी विषादि, मिसावट र प्रदुषित हावापानीबाट मानिसको स्वास्थ्य स्वस्थ राख्नका निमित्त नियमित शारिरिक व्यायाम अनिवार्य हो । यसैलाई मध्यनजर गर्दै आम नगरवासी तथा नागरिकहरु स्वस्थ रहुन भन्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाले सार्वजनिक व्यायामशाला सुरु गरेको छ । करिव एक वर्षअगाडि देखि सुरु गरेको सो व्यायामशाला हालसम्म १३ स्थानमा खोलिसकेको र अझै सो कार्य जारीको रहेको नगरप्रमुख सुनिल प्रजापति बताउनुहुन्छ ।
नगरवासी स्वस्थ रहुन भन्ने उद्देष्यले सुरुमा पाँच स्थानमा आवश्यक सामग्रीसहित व्यायामशाला खोलेको र त्यसबाट सकारात्मक प्रतिक्रिया आएपछि थप सवै वडासहित कलेजहरुमा पनि सो व्यायामशाला खोलेको नगरप्रमुखको भनाइ छ ।
व्यायामशालामा वाकिङ, साइक्लिङ, मकिजम्प लगायत अन्य शारीरिक अभ्यास गर्न चाहिने सामग्रीहरु छन् ।
व्यायामशाला विहान साढेपाँचदेखि भीड लाग्छ । स्वस्थ्य रहन सहयोग पुगेसँगै शुल्क तिर्न नपर्ने भएका कारण नगरपालिकाका व्यायामशालामा सवै उमेर समूहका नागरिकहरु दिनहुँ भीड लागेको हो । नगरपालिकाले निशुल्क रुपमा खोलिएको यस व्यायामशालाप्रति स्थानीय नगरवासीहरु खुशी छन् । साथै विहान सडकपेटीछेउ तथा खुल्ला चउरमा दौडेर नियमित व्यायम गर्नुमा र व्यायामशालामा व्यायम गर्नुमा धेरै फरक रहेको स्थानीय नगरवासीहरु बताउछन् ।
यसै गरी नगरपालिकाले नगवासीलाई स्वास्थ्य सेवा प्रदान गर्न जनस्वास्थ्य सेवा केन्द्र पनि सञ्चालनमा ल्याएको छ । सो सेवा केन्द्रमार्फत नगरवासीलाई घरघरमै पुगेर स्वास्थ्य सेवा समेत दिदै आएको छ । विभिन्न कारणले दिनप्रतिदिन बढ्दै गईरहेको नागरिकहरुको स्वास्थ्य समस्याप्रति संवेदनशी भई भक्तपुर नगरपालिकाले सञ्चलानमा ल्याएको सार्वजनिक व्यायामशाला जस्तो उदाहरणिय कार्यबाट देशका अन्य स्थानीय तहले पनि यस्तो कार्यका लागि अग्रसर भएमा आम नागरिकले प्रत्यक्ष रुपमा स्वास्थ्य लाभ पाउने कुरामा कुनै दुईमत छैन ।
तपाईको प्रतिक्रिया