
वाहिरी सौन्दर्यका लागि कुनै न कुनै स्तरको मेकअप हरेक महिलाहरुले प्रयोग गरिरहेका हुन्छन् । तर, क्षणिक शौन्दर्यको लागि प्रयोग गरिने मेकअपले लामो समयसम्म अनुहारमा रहँदा छालामा समस्या पार्न सक्छ । विभिन्न महँगा तथा कुनै पनि मेकअप सामग्रीमा केमिकल हुने भएकाले राति सुत्नुअघि मेकअप अनिवार्य रुपमा सफा गर्नुपर्दछ ।
मेकअप हटाउन निम्न तरिका अपनाउन सकिन्छ :
– सबैभन्दा पहिले आँखाको मेकअप हटाएर मात्रै अन्य मेकअप हटाउनुपर्दछ ।
गाजलसहित आँखाको मेकअप हटाउन बेबी आयल प्रयोग गर्नु उत्तम हुन्छ ।
– बेबी आयल कुनै नरम कपडामा चोबेर आँखाको मेकअप हटाउँदा राम्रोसँग हट्छ । यसले आँखा सुक्खा हुनबाट पनि बचाउँछ ।
– मेकअपमा प्रयोग गरिएका कलर कस्मेटिक हटाउन क्लिन्जिङ मिल्क प्रयोग गर्ने। क्लिन्जिङ मिल्कले केहीबेर समय लगाएर बिस्तारै मेकअप हटाउने। क्लिन्जिङ मिल्कले मेकअप त हट्छ, तर क्लिन्जिङ गरेको छालालाई त्यत्तिकै छाड्नु हुन्न । मेकअप सफा गरेपछि टोनर अनिवार्य प्रयोग गर्नुपर्छ । टोनरले क्लिन्जिङ गर्दा खुलेका छालाको प्वाललाई खुम्च्याएर सही अवस्थामा राख्न भूमिका खेल्छ ।
– टोनर प्रयोग गरेपछि कुनै क्रिम अवश्य प्रयोग गर्न सकिन्छ। सुक्खा छालामा मोस्चर बढी भएको क्रिम लगाउनुपर्छ भने चिल्लो छालामा आयल फ्री क्रिम उपयुक्त हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु