
अण्डा र ग्रीन टी :
अण्डा खानाले शरीरलाई जति नै फाइदा गर्छ त्यतिनै कापालका लागि पनि फाइदाजनक हुन्छ । अण्डामा प्रशस्त मात्रामा प्रोटीन हुन्छ । त्यसैले एक वटा अण्डाको सेतो भाग र दुईचम्चा ग्रीन टीको पेस्ट बनाएर कपालको जरासम्म लगाउनुहोस् र आधाघन्टा पछि सफा पानीले धुनुहोस् । एक हप्तामा तीन पटक सम्म गर्नुभयो भने तपाइको कपाल झर्ने समस्या समाधान हुन्छ ।
प्याज र फिटकिरी :
प्याजमा एन्टीअक्सिडेन्ट नामक तत्व हुन्छ । यसले कपाल झर्नबाट रोक्न मद्दत गर्छ । तीन वटा प्याज र फिटकिरीको सानो टुक्रा लिनुहोस् र प्याजको रस निकालेर फिटकिरी पिसेर मसिनो धूलो बनाउनुहोस् र त्यसलाई मिलाएर रातभर कपालमा लगाई छाडिदिनुहोस् त्यसपछि बिहान कपाल राम्रोसंग धुनुहोस् । यो कार्य हप्तामा दुईपटक गर्नु आवश्यक हुन्छ । जसले तपाइको कपाल झर्नबाट रोक्छ ।
केरा र अण्डा :
एक – एक वटा केरा र अण्डा लिनुहोस् र केरा अण्डा मिलाएर पेस्ट बनाउनुहोस् र कपालमा लगाएर आधाघण्टा छाडिदिनुहोस् । त्यसपछि मनतातो पानीले कपाल धुनुहोस् । यसो गर्नाले केही दिनपछि कपाल झर्न बिस्तारै रोकिन्छ ।
यसका साथै दैनिक रुपमा नियमित पौष्टिक आहारको सेवन गर्नु, नियमित ब्यायाम गर्नु तथा प्रशस्त मात्रामा निदाउनु पनि जरुरी हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु