
कात्तिक–३०, काठमाडौ । कागेश्वरी मनोहरा नौ नम्वर वडामा शान्तिपूर्ण एंव सुरक्षित समाज निर्माणको लागि समुदाय प्रहरी साझेदारी अन्र्तगत “समुदाय-वडा समिति” गठन भएको छ । “हर प्रहरी गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने मूल नाराका साथ शुक्रवार महानगरी प्रहरी प्रभाग काँडाघारीले एक औपचारिक कार्यक्रम आयोजना गरी डिएसपी गोविन्दराज काफ्लेको प्रमुख आतिथ्यिमा संयोजक वडा अध्यक्ष कुन्दन खड्का सहित २१ जनाको समिति गठन भएको हो । उक्त समितिमा नेपाल प्रहरी, स्थानीय तह, समुदाय सामाजिक संघ संस्था, विद्यालयका प्रतिनिधिहरु रहेका छन् । समितिका पदाधिकारी तथा सदस्यहरु निम्नसार रहेका छन् ।
पदाधिकारीहरु
संयोजक : कुन्दन खड्का
सह–संयोजक: सुधिर राई
कला घिमिरे
रामहरी गौतम
डोलानाथ पोखरेल
सारा पूर्कुटी
राधा नेपाल
सचिव : मणीराम लामिछाने
सदस्यहरु
इश्वरी बुढाथोकी
भागीरथी सेडाई पन्त
मदन थापा
मिन ब. केसी
सविन दाहल
निर्मला सापकोटा सञ्जेल
सुन्दर वोहरा
सुशिला राना मगर
किशोर बस्नेत
राजेन्द्र तिमिल्सिना
सीता कार्की

उक्त समितिले समुदायको आफ्नो वडाअन्र्तगत सुराक्षामा स्थानीयको सामूहिक सहभागिता बढाउन प्रोत्साहन हुने किसिमका कार्यक्रमहरु गर्ने, गराउने छन् भने समुदायको सुराक्षा साधनहरु जस्तैः सडक बत्ती, सुराक्षागार्ड, CCTV, security siren, smoke Detector, fire Extinguisher आदि जडान गरी प्रयोग गर्न प्रेरित गर्ने, दुर्घघटना तथा समन्वय केन्द्र सञ्चालन गर्न समन्वय गर्ने इत्यादि कार्य गर्नेछ् ।















समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु