
अमेरिकी अन्तरिक्ष नियोग ‘नासा’ ले एकपछि अर्को सफलता हात पार्दै पछिल्लो साता मंगल ग्रहमा पुगेको ‘इन्साइट’ यानले त्यहाँ बतास चलेको आवाज रेकर्ड गरी पृथ्वीमा पठाएको थियो ।
झन्डै पाँच महिनाअघि ‘टू टच दि सन’ अभियान अन्तर्गत अन्तरिक्षमा पठाएको यान सूर्य नजिक पुगेर विभिन्न फोटो तथा जानकारीहरू पठाउन थालेको छ। ‘पार्कर सोलार प्रोब (पीसपी ) यानले सूर्य नजिक पुगेर जानकारीहरू पठाएको हो।
पार्करलाई गत १२ अगस्टमा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो। ताराहरूको गठन र बनावटबारे थप जानकारी प्राप्त गर्न सूर्यको वातावरण अध्ययन गर्ने उद्देश्यले यानलाई अन्तरिक्षमा पठाइएको हो।
पार्करले पठाएका तस्बिरहरू यानमा जडित तातोबाट बच्ने कवचहरूको पछाडिबाट लिएको नासाका वैज्ञानिकहरूले बताएका छन्। डिसेम्बर १३ मा खिचिएको तस्बिरमा बुध एउटा चम्किलो बिन्दुका रूपमा देखिएको छ। फोटोमा एउटा ‘कोरोनल स्ट्रिमर’ लाई चम्किलो फ्ल्यासमा राम्ररी हेर्न सकिन्छ।
नासाले ताराको गतिविधिहरूलाई राम्ररी बुझ्नका लागि सूर्यको सबैभन्दा नजिकबाट तस्बिर र जानकारीहरू प्राप्त गरेको यो पहिलो हो।
यो खबर कान्तिपुर दैनिक बाट साभार गरिएको हो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु