
नारीकोसिस डटकम/भदौ १८, काठमाडौ । देशव्यापी फोटो प्रतियोगितामा कान्तिपुर टेलिभिजनका पत्रकार पन्कज श्रेष्ठले SSDRC मा खिचेको फोटो प्रथम भएको छ ।
देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरणमा फोटो पत्रकार नरेन्द्र श्रेष्ठ नेतृत्वको निर्णायक मण्डलले अटिजम भएको विद्यार्थीलाई पढाउदै गरेको उक्त तस्बिरलाई उत्कृष्ट फोटो छानेको हो।
युनेस्को नेपाल र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा र मानव स्रोत विकास केन्द्रसँगको सहकार्यमा पिजे क्लबले उक्त कार्यक्रमको आयोजना गरेको थियो।
प्रतियोगिताका लागि देशभरबाट १ सय ८२ फोटोग्राफरका ६ सय ३६ फोटो प्राप्त भएका थिए । देशभरबाट प्राप्त फोटोहरुले देशको वर्तमान शिक्षाको स्थिति, विधार्थी, स्कूल र शिक्षक बीचको सम्बन्ध झल्काउने निर्णायक मण्डलका प्रमुख श्रेष्ठले बताउनुभायो।
अटिजम भएकाहरुको शिक्षामा शिक्षक र विद्यार्थी बीचको आत्मीयता, सम्बन्ध र लगनशीलता महत्वपूर्ण रहेको विजेता तस्बिरले प्रष्ट देखाएको बताउनुभयो।
विजेता सहित उत्कृष्ट फोटोहरुको प्रर्दशनी २०७६ भदौ २२ गतेदेखि २८ गतेसम्म नेपाल आर्ट काउन्सिल (नेपाल कला परिषद) बबरमहलमा गरिनेछ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु