
नारी कोसिस डटकम । जाडो याममा बच्चादेखि सवै उमेर समूहलाई विभिन्न समस्या देखिने भएकाले खानपान, सरसरफाईमा विशेष ध्यान दिनुपर्छ । पसु र माघ महिना अत्याधिक चिसो हुने भएकाले यो महिनामा विशेष गरी बच्चाहरुलाई चिसोवाट बचाईराख्नुपर्छ । ताकि चिसोका कारण बच्चाहरुमा विभिन्न समस्याहरु देखा नपरोस् । चिसोलाई कन्ट्रोल गर्न त सकिदैन तर यसबाट बच्न भने सकिन्छ । यसको लागि जाडो याममा बच्चाहरुलाई कसरी हेरचाह गर्ने भन्ने विषयमा केही जानकारी दिन खोजेका छौं ।
१ बच्चालाई न्यानो कपडाले न्यानो बनाईराख्ने, जस्तै टोपी, पञ्जा, मोजा लगाएर राख्ने।
२ सकेसम्म रुघा लागेको मान्छेबाट टाढा राख्ने।
३. चिसो तथा बासी खानेकुरा नखुवाउने।
४. पानी उमालेर मात्र पिउन दिने।
५ बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने।
६. कोठामा बच्चाले खेल्ने ठाउँमा न्यानो कार्पेट ओछ्याउने।
७. घर बाहिर वा कतै घुम्न जाँदा मास्क लगाईदिने । जसले गर्दा बाहिरको प्रदुषित धुलो धुवाबाट बच्न र बचाउन सकिन्छ ।
८. सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाईराख्ने ।
९. तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।
१०. चिसोमा बच्चाहरुले छिटो छिटो सु गर्ने भएकोले सुरुवाल फेरिराख्ने । इत्यादि ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु