
नारीकोसिस डटकम/कात्तिक १, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटारमा सिभिल बैंकको १०० औं शाखाको उद्घाटन गरिएको छ ।
सो शाखाको उद्घाटन शुक्रवार सोही नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि कृष्णहरी थापाले गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै नगरप्रमुख कृष्णहरी थापाले बैंक शाखाहरुमध्येको १०० औं शाखाको उद्घाटन गर्न पाउदा अत्यन्तै खुशी लागेको र व्यवस्थित ढङ्गले खोलिएको शाखा रहेको हुँदा विश्वस्त भई आफ्नो घरदैलोमा आईपुगेको बैङ्किङ सेवालाई ढुक्कले सदुप्रयोग गर्न आम स्थानीयवासीलाई आग्रह गर्नुभयो ।
यसै गरी बैंकका कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको १०० औं शाखा मार्फत यस कागेश्वरी मनोहरा नगरपालिकाका स्थानिय जनतालाई सर्वसुलव बैंङ्कीङको सेवा सुविधा प्रदान गर्न पाएकोमा खुसी ब्यक्त गर्नुभयो । साथै यस बैंकले मंसिर सम्ममा ११९ वटा शाखा पु¥याउने लक्ष्य लिएको जानकारी गराउदै ९९ वटा शाखा सञ्चालनमा ल्याउदासम्म ३ लाख ७५ हजार जना ग्राहकहरुलाई बैंकिङ् सेवा प्रदान गर्दै आईरहेको र त्यसवाट करिव ४८ करोड वचत परिचालन गर्न सफल भएको बताउनुभयो ।
सोही वडाका वडा अध्यक्ष कुन्दन खड्काले वडा नम्वर ९ मा बढि जनघनत्व भएको हुँदा ,स्थानियबासीलाई यस बैंकले विश्वासनीय सेवा सुविधा प्रदान गरेको खण्डमा द्रुत गतिमा विस्तार गर्न सकिने कुरा व्यक्त गर्नुभयो ।
सिभिल बैंकका सञ्चालक प्रताप जंङ्ग पाण्डेले गोठाटारमा १०० औं शाखाको रुपामा खोल्न पाएको खुशी व्यक्त गर्दै सो शाखामा एटिएम सहितको सेवा रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सोहि बैंकका प्रतिनिधित्व गर्ने व्यक्तिहरु, विभिन्न संघ संस्थाका व्यक्तिहरु र कर्मचारी लगायत स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो ।














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु