
चर्चित सञ्चारकर्मी रवि लामिछानेले अबदेखि व्यक्तिगत विषयमा कहिल्यै नबोल्ने भन्दै पहिलेको पोस्ट पनि हटाएको स्टाटस मार्फत उल्लेख गरेका छन् ।
आफूले कुनै अनैतिक वा गैरकानुनी काम गरेको भए कडाभन्दा कडा सजाय दिइयोस् भन्दै रविले आफूले पुरानो गल्ती स्वीकारेको समेत उल्लेख गरेका छन् ।
रवि लामिछानेको फेसबुक वालमा लेखिएको स्टाटस अंस
ब्यक्तीगत बिषयमा अब कहिल्यै नबोल्ने र कुनै जवाफ नफर्काउने बाचा गर्दै अघिल्लो पोष्ट हटाएको छु। कुनै अनैतिक वा गैर कानुनी काम भएको भए मलाई कुनै छुट नदिई कडा भन्दा कडा सजाय दिईयोस। गरेको पुरानो गल्ती स्विकारेको नै छु। मनगडन्ते बेनामी र शंकाका आधारमा खडा भएका पात्रहरुको खोजी म गर्दिन।म कुनै पुरानो सम्बन्धहरुमा अल्झिएको छैन न कसैलाई अल्झाएको छु।यतिबेला म कानुनी रुपमा सम्बन्ध बिच्छेद भैसकेको जिम्मेवार एकल पुरुष हु। कुनैपनि पुराना सम्बन्धको नैतिक वा कानुनी जिम्मेवारी म माथि छैन।बिश्वको कुनैपनि अदालतमा म बिरुद्ध आज सम्म कुनैपनि अभियोगमा कुनै किसिमको मुद्दापनि छैन। मलाई आदर्श, नैतिकता, जिम्मेवारी, सामाजिक उत्तरदायित्व,महिला एवं पुरुष हक,सत्चरीत्र,असलअभिभावकत्व,बिश्वास,माया ,धोका, सहि गर्यो,गलत गर्यो, माथी चड्यो, तल गिर्यो, स्तरमा बस्यो,स्तर गिरायो,बोल्नु पर्थ्यो, बोल्नै नहुने,यो बाकी छ, यो सक्कियो लगायतका यावत पाठ यो बीचमा पढाइ सक्नु भएका,पढाई रहनु भएका र अब पढाउन तयार रहनु भएका ज्ञात अज्ञात समस्त महानुभावहरु प्रति आभार ब्यक्त गर्दै अत्यन्त निजि जीवनको यो बिषय यहि टुङ्याउछु।यी मैले बुझ्दै नबुझेका बिषय त थिएनन।तर मानिस परिस्थितिको दास हुनै पर्छ।समय शीर्षक र पात्रहरू मात्र फरक हुने हुन। सबै आलोचनाहरुलाई मैले अभिमानी भएर होइन आत्मबिश्वासी भई एक असल पाठ सम्झी ग्रहण गरेको छु।दोष जसलाई लागेपनि भोगाइ बद्लिने होइन। मुस्किलको यो घडिमा साथ, हौसला प्रदान गर्नुहुने सम्पुर्ण महानुभावहरु प्रति शीर निहुराएरै आभार प्रकट गर्दछु। साथै आफन्त र परिवारप्रति मेरा कारण पर्न गएको चोट प्रति क्षमा याचना समेत गर्दछु। आफ्ना तर्फबाट यो बिषय अब सदाकालागि टुङ्याउदछु।सबैको भलो होस।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु