
नारी कोसिस डटकम/हिजो आज हरियो सागसब्जीले बजार भरिभराउ छ । मेथी देखि लिएर रायो चम्सुर, पालुङ्गो लगायतका अनेकौ साग अहिले बजारभरी देख्न सकिन्छ । यस्ता सागसब्जी जति स्वादिलो हुन्छ, यसमा रहेको पौष्टिक तत्वले शरीरलाई त्यति नै पोषण प्रदान गर्छ ।
मेथीको सागले शरीरलाई अनेकौं समस्याबाट मुक्ति दिन्छ ।
१. कब्जियत, ग्यास्ट्रिक लगायत पेटसम्बन्धी समस्या समाधान हुने गर्छ ।
२. मेथीको साग खानाले जोर्नीको दुखाई समेत कम हुन्छ ।
३. जुका वा किरा पर्ने समस्याको समाधान गर्छ ।
४. मेथीले चिसो लाग्नबाट शरिरलाई जोगाउँछ । चिसोका कारण हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।
५. मधुमेहका बिरामीका लागि पनि मेथी निकै फाइदाजनक मानिन्छ । प्रत्येक दिन मेथीको पत्ताको रस निकालेर पिउने ।
६. अनुहारको सुन्दरता बढाउन पनि मेथी निकै लाभदायक मानिन्छ । मेथीलाई पिसेर लगाउने ।
७. मेथीको पत्तामा प्याज हालेर खाएमा उच्च रक्तचापको समस्या कम हुने गर्छ भने न्यून रक्तचाप भएका व्यक्तिका लागि मेथी मिसाइएको तरकारी निकै लाभदायक मानिन्छ ।
८. नियमित रुपमा मेथीको सेवनले मुटुसम्बन्धी समस्या कम गर्न मद्दत गर्छ । यसले हृदयघातको सम्भावनालाई न्यून बनाई शरीरलाई स्वस्थ राख्न मद्धत गर्छ ।
९. तौल नियन्त्रित गर्न समेत मद्दत गर्छ । , शरीरमा जमेको बोसो क्रमिक रुपमा कम हुँदै जान्छ ।
१०. बारम्बार पिसाब लागेमा मेथीको पत्ताको रसलाई नियमित रुपमा सेवन गरेमा यो समस्या तुरुन्तै कम हुने गर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु