
नारीकोसिस डटकम फागुन ३०, काठमाडौँ । जहाजलाई इन्धन भर्न झण्डै एक घण्टासम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ ।
विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान संंख्या र चाप थपिँदै गएकाले रिफ्युलरको सङ्ख्या थप्न खरीद कार्य अघि बढेको निगमले जनाएको छ।
रिफ्युलर भनेको हवाई इन्धनलाई प्युरिफाइड गरी जहाजमा इन्धन भर्न प्रयोग गर्ने सवारी साधन हो ।
निगमको इञ्जिनीयरिङ विभाग प्रमुख राजीवराज शर्माले देशभरकै विमानस्थलमा जहाजमा इन्धन भर्ने रिफ्युलरको अभाव रहेकाले थप्नका लागि आवश्यक प्रक्रिया थालेको बताए।
पहिलो चरणमा २७ किलोलिटर क्षमताका चार वटा रिफ्युलर खरीद गर्न बोलपत्र आह्वान भइसकेको र प्रक्रिया पूरा गरेर नेपाल ल्याउन झण्डै १० महिना लाग्ने जनाइएको छ ।
विसं २०६९ देखि नयाँ रिफ्युलर नेपालमा आएको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जीर्ण अवस्थाका आठ वटा रिफ्युलर छन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु