देशभर ठण्डीः उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
देशभर ठण्डीः उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने

Share

नारीकोसिस डटकम/मंसिर २७, काठमाडौं । देशभर ठण्डीसँगै उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले गर्दा देशभर चिसो बढेसँगै आज मुलुकभर मौसम बदली रहेको छ।

पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी मुलुकभर आज हल्का तथा पश्चिमी भेगका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि शनिबार पनि देशभर मौसम बदली रही हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया