
नारीकोसिस डटकम /चैत ११, डडेल्धुरा । नेपाल भारतको सीमा महाकाली नदीको पानी दूषित रहेको पाइएको छ । पानीको शुद्धिरण मापन गर्दा नदीबाट पानी सिधैं पिउन योग्य नरहेको पाइएको हो ।
महाकाली नदीमा मिसिने नेपाल–भारत दुवै तर्फका खोलाको पानीको शुद्धता गुणस्तर मापन गर्दा सिधै पिउन योग्य नरहेको भेटिएको हो ।
विश्व पानी दिवसका अवसरमा पहिलो पटक पानीको शुद्धता गुणस्तर मापन गर्दा दूषित पानी रहेको पाइयो । ‘वल्ड वटर डे’ को अवसरमा शुक्रबार वातावरण विधको उपस्थितीमा समुदायका स्थानीयहरुलाई नै पानीको शुद्धता गुणस्तर मापन गराउँदा खोलाबाट पानी सिधैं पिउनका लागि उपयोग गर्न नसकिने पाइएको हो ।
पानी शुद्धीकरण गुणस्तर मापन गर्दा अपनाइने विधिहरूमध्ये स्थानीयले नै जानकारी लिन सक्ने गरी जिपिएस तरिकासँगै पिएच पानीको गुणस्तर, टिडिएस पानीमा घुलित तत्व, डिओ जैविक तत्वको मात्रा र टिएम तापक्रम मापन गर्दा खानयोग्य नरहेको पाइयो ।
वातावरणविद् जोशीका अनुसार स्थानीयले नै शुद्धीकरण गुणस्तर मापन गर्ने गरी दुई वटा मेसिनको प्रयोग गरी नेपाल तर्फको रंगुन–पन्तुरा खोला र भारततर्फको चल्थी नालाको पानीको नमुना संकलन गरी जाँच गरिएको थियो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु