
नारीकोसिस । विशेष गरी सुन्तला जाडो सिजनमा हुन्छ । त्यसैले जाडोयाममा घाम तापेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । सुन्तला खाँदा जति मिठो र रसिलो हुन्छ, त्यति नै पोषक तत्वका हिसाबले पनि फाइदाजनक छ।
सुन्तलामा भिटामिन सी प्रशस्त पाइन्छ । सुन्तला भिटामिन ‘सी’ को प्रमुख स्रोत पनि हो । भिटामिन चक्कीको सट्टा सुन्तला खानु स्वास्थ्य र सौन्दर्य दुवै हिसाबले फाइदाजनक हुन्छ । बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम मानिन्छ ।
सुन्तलामा प्रशस्त साइट्राइट लिमोनोइड्स पाइन्छ । जसले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ ।
सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ । दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ ।
मुटुरोग पोटासियमको कमीका कारण लाग्ने गर्दछ । सुन्तलामा पाइने पोटासियम र इलेक्ट्रोलाइट मिनरलले मुटुको गतिविधिलाई सुचारु राख्न मद्दत गर्छ । अनि, मुटु स्वस्थ रहन्छ ।
सुन्तलाको बोक्रा पिँधेर बनाइएको धुलो दूध पाउडर या गुलाबजलसँग मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
सुन्तलाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले कोलेस्ट्रोल सन्तुलनमा राख्छ ।
थकाइ लागेका वेला सुन्तला खाँदा तत्कालै सहज महसुस हुन्छ ।












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु