
वाशिङटन, १३ चैत्र । अमेरिकाको एक अस्पतालका ९ जना नर्स एकै पटक आमा बन्ने खबरले अहिले कौतुहलता मच्याएको छ ।
सीएनएनको रिपोर्टअनुसार आउँदो अप्रिलदेखि जुलाइ महिनाको बीचमा ती नर्सहरु आमा बन्न लागेका हुन् ।
अमेरिकाको मेन अस्पतालमा कार्यरत ती महिलाहरु आमा बन्न लागेपछि हर्सित भएका छन् ।
आमा बन्न लागेकी नर्स अमाण्डा स्पियर भन्छिन् ‘काममा आउँदा अरु गर्भवती महिलाहरुको बढ्दो पेटको आकार र एक अर्काको अनुभव साटासाट गर्दा एकदम खुशी लाग्छ ।’
अर्की नर्स एरिन ग्रन भन्छिन् ‘हामीले गर्भवती भएको घोषणा गरेसँगै हामी खुशी भयौं किनकी एक अर्काको लागि हामी छौं ।’
कार्यरत नर्सहरुले प्रसुती बिदा लिने समयको लागि अस्पतालले तयारी गरिरहेको बताएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु