
नारी कोसिस डटकम/ तोरीको तेलले स्वास्थ्यलाई फाइदा पुर्याउछ । हामी तोरीको तेललाई तरकारी बनाउन प्रयोग गर्छौं । यसमा भएको फ्याटी एसिड पाइने भएकाले यो स्वास्थ्यको लागि निकै लाभदायक छ । विभिन्न खालको बट्टामा राखेर बनाइने अचारमा तोरीको तेलको प्रयोग गर्छन् । यसले अचारलाई सड्न दिदैन ।
हामीलाई सर्दी–मर्की लागेमा पनि यसलाई मेथीसँग पड्काएर टाउकोमा लगाउँछौं । यसो गर्दा जाडो याममा चिसो लाग्नबाट बच्न सकिन्छ । महिला सुत्केरी भएको समयमा बच्चा र आमालाई तोरीको तेल लगाइदिने गर्छौं । तोरीको तेल कपालमा लगाउने गरेमा कपालमा चाया पर्दैन,कपाल नरम हुन्छ, छालालाई सुख्खा हुनबाट र कुनै पनि संक्रमणबाट बचाउँछ । शरीरमा रहेका काला धब्बाहरु तोरीको प्रयोगले हराएर जान्छ ।
तोरीको तेल जीउमा लगायो भने छाला नरम हुन्छ, विशेष गरी जाडो याममा छाला फुस्रो सुख्खा हुन बाट बचाउछ र शरीरलाई बलियो बनाउने भएकाले यसको प्रयोग गरिएको हो । यसमा पाइने लिनोलेनिक एसिड ओमेगा थ्री फ्याटी एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ । तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याटी एसिड प्रशस्तमात्रामा पाइन्छ । जसले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुर्याउछन् । यसमा तातो बनाउने तत्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्छ र चिसो लग्न दिँदैन ।
तोरीको तेलले नियमित मसाज गर्ने हो भने शरीरमा रक्तसन्चार बढाई जोर्नी दुख्ने र बाथको समस्या निको हुन्छ ।
एक चम्चा शुद्ध तोरीको तेललाई महमा मिसाएर दिनको तीनपटक खाने हो भने दमको आक्रमणलाई रोक्न सकिन्छ । यसको प्रयोगले मष्तिस्कको कार्य क्षमता बढेर जान्छ । तोरीको तेलले हाम्रो दाँतलाई सेतो बनाउनुको साथै दाँत सम्बन्धि समस्यालाई निको पर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु