
नारीकोसिस डटकम/चैत १४, काठमाडौं । इटालियन ब्रुमरले काठमाडौंको धुलो राती बढार्ने गरेको छ ।
काठमाडौंका सडकमा दिउँसो ब्रुमर चलाउन सकिदैन । अत्यधिक सवारी चापका कारण जाम हुन सक्ने भएकाले ब्रुमर रातिको समयमा चलाउने निर्णय गरिएको हो ।
‘दिउँसो रोकि- रोकि काम गर्नु भन्दा रातमा गाडी चल्न कम भएपछि सहज सफाई गर्न पाइन्छ भनेरै हो’ वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर श्रेष्ठले भने ।
बुधबार राति नौ बजेपछि राष्ट्रिय सभागृहबाट छुटेका ब्रुमरले बिहानसम्मै ८ घण्टा सडकको धुलो टिपे ।
गाडीका चक्कासँगै आएका माटो, निर्माण सामग्री, सडक खनेर निस्किएको धुलो सवारी गुड्दा बुँङबुङ्ती उड्ने गर्छ । त्यहि धुलोलाई ब्रुमरको ब्रसले हल्का पानी छर्कँदै सोहर्छ । ब्रुमरमा ४ वटा ब्रससँगै ५ सय लिटर क्षमता पानीको ट्यांकी पनि छ ।
यो ट्यांकीबाट स्वचलित रुपमा एकदमै न्युन पानी ब्रसमा खस्छ । अगाडि एउटा, दायाँ–बायाँ दुई वटा र बीचमा रहेको एउटा तारको ब्रस जाँतो जसरी घुम्दै धुलो सोहर्छ ।
धुलो निरन्तर सफा गर्ने हो भने धुलोबाट आजित भएका काठमाडौंबासीले थोरै भएपनि राहत पाउने आश गर्न सकिन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु