
नारीकोसिस डटकम/वैशाख ३, भारत । भारत सरकारले गुगल र एप्पललाई उनीहरुको एप स्टोरबाट ‘टिक टक’ हटाउन आग्रह गरेको छ ।
मद्रास उच्च अदालतले यो लोकप्रिय एपमाथि प्रतिबन्ध लगाउन केन्द्रिय सरकारलाई दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको भोलीपल्ट सरकारले गुगल र एप्पललाई आग्रह गरेको हो ।
मद्रास उच्च अदालतले टिकटकले भारतमा अश्लिलता फैलाइरहेको दावी गरेको थियो । साथै भारतीय युवाहरुले यस एपमार्फत भारतीय राजनीतिज्ञहरुको बिल्ला गरिरहेको भनेर तामिलनाडुको संसदमा कुरा उठेको थियो ।
भारतको सुचना तथा प्रविधि मन्त्रालयले गरेको आग्रह मानेर गुगल र एप्पले एप झिकेको खण्डमा भारतमा टिकटकलाई ठूलो धक्का लाग्नेछ । पहिल्यै यो एप डाउनलोड गरेकाहरुले भने चलाउन सक्नेछन् । तर, नयाँ डाउनलोड गर्न सकिनेछैन ।
मद्रास सरकारको निर्देशनका विरुद्ध कम्पनीले सर्वोच्चमा पुनरावेदन दिएको थियो । जसमा सर्वोच्चले टिकटकलाई प्रतिवन्ध गर्नु नपर्ने आदेश ग¥यो ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु