
नारीकोसिस डटकम/चैत २५, काठमाडौं । शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।
विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न नौवटा उद्योगले विक्री गर्ने पानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइएको छ ।
कोलिफर्म भेटिएका पानी उद्योगविरूद्ध सम्बन्धित् जिल्लाकै अदालतमा मुद्दा दर्ता भइसकेको भन्दै विभागका निर्देशक एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीले भने, “कोलिफर्मको मात्रा र त्यसले मानव स्वास्थ्यमा पार्ने असरका आधारमा कारबाही हुन्छ ।”
आजको पत्रपत्रिका













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु