
नारीकोसिस डटकम/वैशाख ३, काठमाडौं । एक बेलायती नागरिकले १२ नेपाली महिला तस्करी गरेर उनीहरुलाई केन्यास्थित आफ्नो क्लबमा प्रयोग गरेको खुलासा भएको छ ।
केन्याको प्रहरीले गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा १२ नेपाली महिलासहित त्यसका सञ्चालकलाई पक्रेको थियो । उनीहरुमाथि प्रहरीले गरेको अनुसन्धानका क्रममा बेलायती नागरिक अमिराली अलिभाइले १२ नेपाली महिलालाई तस्करी गरेर आफ्नो न्यालीस्थित क्लबमा प्रयोग गरेको खुलेको हो ।
नेपाली महिला तस्करी गरेर दुरुपयोग गरेको अभियोगमा सोमबार अलिभाइविरुद्ध केन्याको सान्जु अदालतमा मुद्दा दायर गरिएको छ । अलिभाइ रंगिला बार र एम्की प्लाजाका मालिक हुन् । उनको स्वामित्वका उक्त थलोलाई नेपालीको तस्करीमा प्रयोग गर्ने गरिएको दी स्टारको समाचारमा उल्लेख छ ।
नेपाली महिला तस्करीका अभियुक्त अलिभाइ धरौटीमा छुट्न चाहेका थिए । तर, अदालतले छाड्न इन्कार गरेको छ । पासपोर्ट दिन गरेको आग्रह उनले इन्कार गरेपछि अदालतले धरौटीमा छाड्न इन्कार गरेको हो ।
पक्राउ परेका नेपालीलाई मुद्दाका साक्षी बनाई कारवाही अगाडि बढाइने र ती नेपालीलाई फिर्ता पठाइने काउन्सिलरले बताएका छन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु