
नारीकोसिस डटकम /वैशाख ५, काठमाडौं । ईतिहासमै पहिलो पटक अष्ट्रेलियाको संघीय निर्वाचनमा नेपाली मूलका युवा संघीय निर्वाचनको उम्मेदार बनेका छन् ।
अस्ट्रेलियामा यही मे १८ मा संसदीय निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा अस्ट्रेलियाको सत्तारुढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई संसद्मा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
वार्टन क्षेत्रमा नेपालीको बाहुल्यता भएकाले श्रेष्ठलाई लिबरल पार्टीले उम्मेदवार बनाएको हो । सत्तारुढ दलले नेपालीलाई संसद्को उम्मेदवारमा सिफारिस गरेको यो पहिलो अवसर हो ।
अस्ट्रेलियामा रहेका नेपालीहरुको लिबरल पार्टी सम्बद्ध लिबरल फ्रेण्डस् अफ नेपालको युवा संयोजकसमेत रहेका श्रेष्टको स्थायी घर नवलपरासी श्रेष्ठ हो ।
बिहीबार बसेको लिबरल पार्टीको न्यूसाउथवेल्स राज्य कार्यसमितिले उनलाई उम्मेद्वारका रुपमा सिफारिस गरेको हो।
श्रेष्ठले यो आफ्नो मात्रै नभएर सम्पूर्ण नेपाली समुदायको लागि निकै ठूलो उपलब्धि भएको बताएका छन् । उनले भने, ‘ चुनावको टिकट पाउनु यो मेरो लागि मात्र नभएर अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई समेत अघि बढ्न प्रेरित गर्ने अवसर हो ।’ उनले आफ्नो चुनावी अभियान सुरु गरिसकेको समेत जानकारी दिएका छन् ।
२० वर्षअघि ६ वर्षको उमेरमा उनी आफ्ना अभिभावकका साथमा अष्ट्रेलिया पुगेका थिए ।
प्रमेज मिष्टर नेपाल ओसिनियासमेत हुन् ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु