
नारीकोसिस डटकम/वैशाख १३, काठमाडौँ । सरकारले बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितको घर पुनःनिर्माणका लागि रु ८४ करोड ६८ लाख ७६ हजार नेपाली सेनालाई उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले हावाहुरी प्रभावित क्षेत्रका उजाड तथा क्षति हुन पुगेका एक हजार ४५३ घरको पुनःनिर्माणका लागि सेनालाई बजेट उपलब्ध गराउने निर्णय गरेको हो ।
हावाहुरी प्रभावित क्षेत्रका जनताको बर्खायाम अगावै घर पुनःनिर्माण सक्नेगरी सेनालाई बजेट उपलब्ध गराइनेछ ।
घर निर्माणको काम तत्कालै अघि बढ्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बैठकले भूकम्पपीडितका लागि सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत पहिलो संशोधन कार्यविधि २०७५ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु