
सामान्य ठाकठुक पर्नु स्वभाविक हो । साथै जोडीबीच हुने ठाकठुकले प्रेम पनि बढाउँछ । तर केही विषयमा गम्भीर नबन्दा ठाकठुकले गम्भीर रुप लिएर सम्बन्ध विच्छेदसम्म पुर्याउन पनि सक्छ ।
त्यसैले जोडीबिच ठाकठुक पर्दा यी तीन गल्ति नगर्नुहोस्ः
नचिच्याउनुहोस्:
जोडीबीच सामान्य होस् या गम्भीर विषयमा विवाद हुँदा एकआपसमा ठूलो स्वरले कराउने, चिच्याउदा त्यसले गम्भिर रुप लिन सक्छ । सकेसम्म रिसलाई नियन्त्रण गर्नुपर्छ । रिसले व्यक्तिलाई नियन्त्रण गर्यो भने सामान्य विषयको भनाभनले गम्भीर रुप लिन सक्छ । ठाकठुकलाई गम्भीर मोडमा जानबाट रोक्ने उपाय शान्त बस्नु नै हो ।
वितेका कुरा नकोट्याउने:
झगडाको समयमा व्यक्तिले संयम गुमाउँदै जोडीको पुराना कमजोरी कोट्याउने, अनाआश्यक निउँ खोज्ने, आफन्त र जोडीको साथीसँगको सम्बन्धबारे नकारात्मक कुराहरु नगर्ने । त्यसले सामान्य झगडाको विषयलाई विषयान्तर गर्दै सम्बन्धलाई गम्भीर मोडतिर लैजानसक्छ ।
लामो समय मौन नबस्ने:
झगडा परेपछि जोडीबीच केही समयसम्म बोलचालै नहुन सक्छ । त्यसैले बोलचाल बन्द भएको अवधि बढ्दै जाँदा सम्बन्धमा तीतोपना पनि बढ्दै जानसक्छ । त्यसैले सकेसम्म रिसाउने अवधि छोट्याउँदै दुवैबीच सहज संवादको वातावरण बनाउनु उत्तम हुन्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
शेयर बजारमा १७.२६ अंकको हरियाली, ४ अर्ब बढीको कारोबार
भिजिबिलिटी कम हुँदा पोखराको उडान प्रभावित
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ