
एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वीतीयलाई सोसल मिडिया म्यानेजरको आवश्यकता परेको छ । जागिरका लागि राजपरिवारको तर्फबाट जब लिस्टिङ वेबसाइटमा विज्ञापन दिइएको छ । जब लिस्टिङ वेबसाइटका अनुसार डिजिटल कम्युनिकेशन अफिसरले महारानीको लागि काम गर्नुपर्नेछ । उनले महारानीको उपस्थितीलाई सार्वजनिक र अन्तरराष्ट्रिय मञ्चमा स्थापित गर्नका लागि नयाँ तरिका खोज्नुपर्ने हुन्छ ।
जागिरको विज्ञापन https://theroyalhousehold.tal.net मा दिइएको छ । वेबसाइटका अनुसार डिजिटल कम्युनिकेशन अफिसरको तलब वार्षीक ३० हजार पाउन्ड (४२ लाख रुपैयाँ बढी) हुनेछ । उनले सोमबारदेखि शुक्रबार हप्तामा ३७.५ घण्टा काम गर्नुपर्नेछ । साथै, उनलाई वर्षमा ३३ दिनको छुट्टी र दिउँसो खाजा निःशुल्क दिइनेछ । यो जागिर बकिंघम प्यालेसका लागि हुनेछ ।
सोसल मिडियामा आउने खबरको व्यवस्थापन गर्नुपर्नेछः
अफिसरले डिजिटल र सोसल मिडियामा हरेक दिन आउने खबरको व्यवस्थापन गर्नुपर्नेछ । यसका साथै केही डिजिटल प्रोजेक्टमा पनि काम गर्नुपर्नेछ । उनले डिजिटल मिडिया विशेषज्ञको सानो टिमसँग काम गर्नुपर्नेछ । साथै, सोसल मिडिया र डिजिटल प्लेटफर्मका लागि कन्टेन्ट लेख्नुपर्नेछ । ती व्यक्तिले राज परिवारसँग जोडिएका सबै गतिविधीमाथि नजर राख्नुपर्नेछ । आवेदको अन्तिम मिति २२ मे (आज) हो ।
योग्यताः
–ग्रेजुएशनको डिग्रीका साथै वेबसाइटको व्यवस्थापनको अनुभव
–सोसल मिडिया व्यवस्थापनमा विशेषज्ञता
– डिजिटल र सोसल मिडियामा कन्टेन्ट लेखेको अनुभव
– कन्टेन्ट मेनेजमेन्ट सिस्टममा काम गरेको अनुभव













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु