जाडोमा घाम ताप्दै बदाम खानुको फाइदा

कोशिस मल्टिमेडिया
५ वर्ष पहिले
जाडोमा घाम ताप्दै बदाम खानुको फाइदा

Share

जाडो सिजनमा बदाम र सुन्तलाको विशेष सिजन हो । कौसीमा घाम ताप्दै बदाम छोडाउदै बदाम खाँदाको मज्जा नै फरक हुन्छ । बदाम खादाको मज्जा त छदै छ सँगसँगै यसको निकै फाईदा पनि रहेको छ । बदाम स्वास्थ्यको लागि लाभदायीक मानिन्छ ।

बदाम लगाएतका ड्राइफ्रुट्सले शरीरमा गर्माहट बढाउँछन् । त्यसैले जाडोमा बदाम खाँदा हाम्रो शरीरलाई धेरै फाइदा हुन्छ ।

१.बदाम खानाले शरीरमा शक्ति बढाउनुका साथै पाचन प्रक्रियालाई सन्तुलित बनाउन मद्दत गर्छ । बदाममा प्रशस्त मात्रा फाइबर हुन्छ जसले शरीरलाई फाइदा गर्छ ।

२.बदाम खानाले मस्तिष्कमा केही यस्ता क्याल्सियम पुग्छन्, जसले डिप्रेशनको खतरा कम गर्छ ।

३.बदामको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि गर्नुका साथै बिभिन्न रोगहरु लाग्नबाट बचाउँछ ।

४.बदाममा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन, चिल्लो पदार्थका साथै खनिज पदार्थ प्रशस्त पाइन्छ जसले शरीरलाई बलियो र स्वस्थ राख्नमा मद्दत गर्छ ।

५.यसको सेवनले दुब्ला, पातला ब्यक्तिहरुलाई तथा बच्चाहरुको तौल बढाउनमा मद्दत गर्छ ।

६.यसको नियमित सेवनले हड्डीलाई मजबुत बनाउनुका साथै शरीरमा औषधिको रुपमा काम गर्छ ।

तपाईको प्रतिक्रिया