
नारीकोसिस डटकम/जेठ ३०, बझाङ । लेकमा विभिन्न खाले रोगको संक्रमण भएर यार्सागुम्बा टिप्नेहरू बिरामी भएको खबर सार्वजनिक भएसँगै साइपाल गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरू औषधि लिएर राईढुंगी लेकमा गएका छन् ।
यार्सागुम्बा टिप्न राईढुंगीलगायत अन्य लेकमा गएकाहरूले जथाभावी दिशा–पिसाब गरी फोहोर बनाउने, पिउने पानी र खानामा लापारबाही गरेपछि झाडापखाला, आउँ, पेट दुख्ने, ज्वरो आउने जस्ता रोग लागेको खबर जेठ २६ गते नागरिक दैनिकमा प्रकाशित भएपछि घटनाको जानकारी लिन तथा स्वास्थ्य शिविर सञ्चालन गर्ने उद्देश्यसहित साइपाल गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली लेक उक्लेको हो ।
तर लेकमै स्वास्थ्य उपचार पाउने भएपछि अहिले आफूहरूलाई निकै खुसी लागेको साइपाल गाउँपालिका–२ का कलम बोहराले बताए। ‘यार्सागुम्बा टिपिने सबै लेकमा गाउँपालिकाले स्वास्थ्य शिविर राख्नुपर्छ,’ उनले भने, ‘विकासभन्दा पहिले गाउँवासीको स्वास्थ्य हेर्नुपर्छ।’
अहिले गाउँ र सहरभन्दा बढी फोहोर लेकमा छ। राईढुंगी, माझा, चाल्ला वन, कालापानीलगायत १५ भन्दा बढी लेकमा २० हजारभन्दा बढी मान्छे छन् ।
लेकमा मदिरासेवन गरेर फालेका सिसा, प्लास्टिक झोला, चाउचाउका खोललगायत चिजहरू यत्रतत्र फालिएका छन्, जसले गर्दा वातावरण दूषित हुनाका साथै यार्सागुम्बालगायत अन्य जडीबुटी संकटमा परेको छ भने आलो रुख धुपी र सिमालो काटेर आगो बाल्दा लेकाली वन उजाड हुन थालेको छ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु