कस्मेटिक्स सामान स्वास्थ्यको लागि कति हानिकारक छ ?

नारीकोसिस डटकम माघ ७, काठमाडौं । कस्मेटिक्स सामान विशेष गरी सुन्दर बन्नका लागि अधिकांश मानिसहरूले दैनिक रुपमा प्रयोग गर्छन् । महिला होस् वा पुरुषले प्रयोग गर्ने विभिन्न् ब्राण्डका कस्मेटिक्स सामानमा बिभिन्न प्रकारका केमिकल मिसाइएका हुन्छन् ।
सो केमिकल छालामा रहेका रौँ छिद्रा, काटेको तथा घाउबाट सजिलै छिरेर रगतमा मिसिन सक्छ । टुथपेस्ट, साबुन, क्लिन्जर, क्रिम, पाउडर, तेल, फेसवास, लिपस्टिक, सेभिङ क्रिम, जेल, परफ्युममासमेत डरलाग्दो केमिकल हुन्छन् ।
यस्ता सामानहरूमा तार, सिसा, पेट्रोल, लिड जस्ता प्राण घातक केमिकलहरू मिसाइएका हुन्छन् ।
छालामा प्रयोग गरिने विभिन्न क्रिम तथा पाउडरमा पाइने केमिकलले रौँ छिद्रामा टाँसिएर शरीरको विकारलाई बाहिर निस्किन दिँदैन ।
विभिन्न अनुसन्धानका अनुसार यस्ता सामानको धेरै प्रयोगले शरीरमा बन्ने हर्मोनमा असन्तुलन भएर वा हर्मोन परिवर्तन गरेर क्यान्सर समेत गराउन सक्ने बैज्ञानिकहरूले दाबी गर्दै आएका छन् ।
कस्मेटिकको प्रयोगले सास प्रस्वासको समस्या, शरीरको सन्तुलन बिगार्नुका साथी दिमागमा समेत नकारात्मक असर गरिरहेको हुन्छ ।
दिमागको विकासमा बाधा उत्पन्न गरि पाचन प्रणालीलाई अवरुद्ध पारेर शरीरमा विभिन्न प्रकारको रोग फैलाउने गर्छ ।
जथाभावी र सस्तो कस्मेटिक्सको प्रयोगको छाला तथा शरीरमा गम्भीर असर पुर्याउछ । दिनहु प्रयोगमा आउने कुराहरू भएको कारणले राम्रो ब्रान्डको वा गुणस्तर हेरेर मात्र प्रयोग गर्नु पर्छ ।
तपाईको प्रतिक्रिया