
गर्भावस्थाका बेलामा महिलालाई प्रशस्त मात्रामा पौष्टिक तत्वको आवश्यकता पर्दछ । नौं महिनासम्म गर्भवती महिलाले अन्य अवस्थामा भन्दा बढी मात्रामा खानेकुरा खानु जरुरी हुन्छ ।
त्यसैले यस्तो बेलामा बिभिन्न किसिमका फलफूल तथा तरकारीहरु खानु जरुरी हुन्छ । गर्भवती महिलाले खाने पोषक तत्वद्धारा पेटको बच्चामा पोषक तत्व प्राप्त हुन्छ । त्यसैले गर्भावस्थाका बेलामा प्रशस्त मात्रामा पोषक तत्व खाने गर्नु पर्दछ ।
१.मौसमी फल तथा फलफूलको राजा भनेर चिनिने आँपमा भिटामिन ए, सी, भिटामिन बी का साथै पोटाशियम, फ्लोरिक एसिड पाइन्छ । जुन गर्भवती महिलाका लागि आवश्यक हुन्छ ।
२.आँपमा एन्टी अक्सिडेन्ट हुन्छ जसले शरीरमा रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्न मद्दत गर्छ ।
३.आँपको सेवनले शरीरमा शक्ति पैदा गर्नुका साथै आँपमा प्रशस्त मात्रामा आइरन पाइन्छ जसले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ ।
४.गर्भावस्थाका बेलामा आँपको सेवन गर्नाले पाचन सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ । साथै गर्भावस्थामा हुने कब्जियतबाट आराम मिल्छ ।
५.आँपमा प्रशस्त मात्रामा फाइबर हुन्छ यसको सेवनले गर्भावस्थाका बेलामा हुने ब्लडप्रेशरको लेवललाई नियन्त्रण गर्न मद्दत गर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु