काठमाडौबाट हुलका हुल मानिस दिनहुँ बाहिरिरहेका छन्

कोशिस मल्टिमेडिया
१ वर्ष पहिले
काठमाडौबाट हुलका हुल मानिस दिनहुँ बाहिरिरहेका छन्

बसमा कोचिएर किन होला खै म त कुरै बुझ्दिन ,किन मानिस यसरी अबुझ भएका होलान् रु भिडभाडमा नजानु, भिडभाडमा सक्रमणको जोखिम झन धेरै हुन्छ भनेर सरकारले सबै विद्यालय, कलेज, तथा अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको छ ताकी जोखिम न्युनिकरण होस्, कति आर्थिक भार पर्ला कति संकट पर्ला सबै क्षेत्रलाई बन्द गर्दारु यति जोखिम मोलेर सरकारले हामी जनताको स्वास्थको लागि विदा दिएको छ खै हामीले बुझेकोरु के काठमाडौ मात्रै सक्रमणको जोखिममा छ र रु उपत्यका बाहिर कोरोना को जोखिम छैन ररु यदि काठमाडौबाट बाहिरिने सँगै भाइरस पनि गएको रहेछ भनेरु के हाल होला रु सुविधा सम्पन्न भनिएको उपत्यकामा त सक्रमित भेटिए भने कसरी उपचार गर्ने भन्ने तनाव भएको बेला मा त्यो अनकान्टार गाँउमा गएर कसरी उपचार सम्भव होलारु किन हामीले यो कुरा बुझिराखेको छैनौ रु किन हामी आफ्नो जीवनलाई जोखिममा धकेल्दै छौ। काठमाडौबाट भाग्नु समस्याको समाधान होइन । बेलैमा बिचार गरौ जहाँ छौ त्यही सुरक्षित बसौ। यो सकंटको समयमा सम्यम अपनाउ। सरकार र विज्ञहरुको निर्देशन पालन गरौ भोलि केहि बिपत्ति आई हाल्यो भने को जिम्मेवार हुने सरकारले त सक्दो गरेकै होनी होइन ररु

एकपटक सोचौ त हामीले घर जादा खेरी हाम्रा बुढा बुबा आमालाई के उपहार लिएर जादै छौ, कोरोना भाइरस रुरु हामीलाई राम्रो सँग थाहा छ कि कोरोना भाइरसको सबै भन्दा बढी जोखिममा रहेको समूह भनेको नै वृद्धरवृद्धा हुन अहिले सम्मको तथ्यांकअनुसार यस भाइरसबाट सबै भन्दा बढी प्रभावित पनि यही समुहका व्यक्ति रहेका छन् साथै मृत्यु दर पनि यहि समुहमा बढी पाइएको छ, हामी काठमाडौंबाट गएकाहरुले त उमेर छ गाँउको स्वच्छ वातावरणमा बसेर ती बिचरा बुढाबुढी आमाबुबाले उत्पादन गरेको अर्गानिक ताजा तरकारी खाना खाएर यो भाइरस सँग लडौला तर ती डाँडा माथीका जुन भएका आमा बुवालाई हामी कतै जानी जानी मृत्युुको मुख तिर त धकेल्दै त छैनौ नीरुरु बिचार गरौ है। हामी कसैलाई थाहा छैन कि हामी मध्ये कसलाई यस भाइरसले छोएको छ यसले हामी भित्र प्रवेश गरे पछि पनि असर देखाउनको लागि केही समय लिन्छ त्यसैले कति बेला यसको चपेटामा परिन्छ वा परि सकेका छौ त्यसैले यो समय कुनै भेटघाट गर्ने, सँगै बस्ने समय होइन, जति सक्दो एक अर्काबाट टाढा बस्दा राम्रो हुन्छ ।यसो गर्दा यदि हामीमा सक्रमण भएको छ भने पनि अरुलाई सर्दैन र अरुलाई भएको छ भने पनि आफुलाई । यो सब कुरा हामी सबैलाई थाहा छ र पनि फेरि किन यस्तो मुर्खता गर्दै छौरु सरकारले बारम्बार अपिल गरि रहेको छ जहाँ छौ त्यहि बसौ तर खै कसले सुन्ने यो सब कुरा । सरकारले किन एकजना पनि सक्रमित व्यक्ति नभेटीकन सबै तिर बन्द गरेको छरु बिचार गरौ त । यदि सक्रमण फैलिय‍ो भने, के सरकारले थेग्न सक्ने अबस्था छ तरु यहि अबस्था आइ नपरोस् भनेर नै त सरकारले पूर्वसावधानी स्वरुप सक्रमण फैलन सक्ने सम्भावित स्थान तथा माध्यमहरु लाई बन्द गरेको छ । हामी सबैले यो कुरा बुझ्न जरुरी छ केवल हामी काठमाडौ खाल्डो बाट भागेर।मात्रै समस्या समाधान हुदैन बरु यसले झन बिकराल अबस्था ल्याउन सक्छ त्यसैले बेलैमा होस पुर्याउ नआतिकन यस बिपतको घडिको सामाना गरौ, सबै आफ्नो आफ्नो कोठा, घर जे जेमा बसेका छौ त्यही बसौ अब सबै बन्द हुन्छ काठमाडौमा खान पाइदैन, ग्यास पाइदैन भन्दै झन भिड भाड गर्दै हिड्ने काम नगरौ मात्रै १०र१५ दिन सम्यम भएर बसौ, १०र१५ दिन पुग्ने खाद्यान्न ग्यास आदीको जोह त सधै हामीले गरि नै राखेका छौ नी होइन र ?

सविता बस्नेत दानी

तपाईको प्रतिक्रिया