
गर्मी बढेसँगै तपाईलाई आफ्नो ओछ्यान साँघुरो लाग्न थालेको छ । कोठा उकुसमुकस लाग्न थाल्छ ।
यत्रतत्र छरिएका सामाग्रीहरु, झ्याल ढोकाको बाक्लो पर्दा, ओछ्यानमा बिच्छ्याइएको गाढा रंगको बेडकभर सबैकुरा पट्यारलाग्दो लाग्छ । किन ?
किनभने गर्मी बढ्यो । वायुमण्डलमा तातो हावा चल्न थाल्यो । यसरी बद्लिएको मौसमसँग घरको साजसज्जा परिवर्तन नगर्दा घर कोठा बाफिएको झै लाग्न थाल्छ । किनभने जाडो याममा घरलाई न्यानो राख्नका लागि जसरी झ्यालको पर्दादेखि कार्पेटसम्म परिवर्तन गरिएको हुन्छ, त्यसले घरलाई पट्यारलाग्दो बनाइदिन्छ । गर्मी याम सुरु भएसँगै घरको साजसज्जामा थोरै परिवर्तन गरेर सितल एवं खुला अनुभव गर्न सकिन्छ । कसरी गर्ने त साजसज्जामा परिवर्तन –
गर्मी बढेसँगै तपाईले बाग्लो वा न्यानो लुगाफाटो थन्को लगाउनुभएको छ । ति लुगाहरु भित्तामा झुड्याउने, जथाभावी राख्ने नगरौं । जाडो याममा प्रयोग गरिएका लुगाफाटोदेखि ओड्ने
ओछ्याउने, हिटर, कुशनलाई व्यवस्थित ढंगले राख्नुपर्छ ।
यसैगरी अनावश्यक फर्निचर लगायतका सामाग्री पनि थन्को लगाउनुपर्छ । अर्थात घर, कोठा खुला राख्नुपर्छ । जथाभावी राखिएको सामाग्रीलाई व्यवस्थित गर्दा पनि घर खुला देखिन्छ । यसरी खुला भएपछि ताप आवशोषित हुँदैन, जसले गर्दा कोठा गर्मी हुँदैन ।
झ्याल खुला राख्नुपर्छ, जसले बाहिरको हावा आउजाउ गर्न सक्छ । हुन त झ्याल खुला राख्दा लामखुट्टे आउने समस्या हुन्छ । त्यसैले झ्यालमा जाली अनिवार्य लगाउनुपर्छ । लामखुट्टे नछिर्ने जाली लगाएपछि झ्याल खुला राखे हुन्छ ।
बाहिरको हावा आउजाउ भएमा त्यसले पनि घरलाई केही सितल बनाउँछ ।
घरभित्र खासगरी भर्याङ वा कुनैपनि कुनामा इनडोर प्लान्ट सजाउन सकिन्छ । अहिले बजारमा थरीथरीका इन्डोर प्लान्ट पाइन्छन् । घरको अवस्था हेरेर उपयुक्त एवं सुहाउँदो इनडोर प्लान्ट लगाउन सकिन्छ ।
यसरी व्यवस्थित ढंगले सजाइएको इनडोर प्लान्टले पनि सितलता अनुभव गराउँछ । तर, गल्ती चाहि के गर्नुहुँदैन भने इनडोर प्लान्टको नाममा नक्कली एवं कृतिम प्लान्ट सजाउनु हुँदैन । हेर्दा राम्रो देखिएपनि यसले घर थप साँघुरो बनाउँछ ।
जाडो महिनामा कोठालाई न्यानो बनाउनका लागि बाक्लो पर्दा लगाइन्छ । अक्सर डार्क करलरको पर्दा, बेडकभर प्रयोग गरिन्छ । गर्मीमा भने यसले कोठालाई भद्दा देखाइदिन्छ ।
त्यसैले गर्मी यामसँगै झ्याल ढोकाको पर्दा, बेडकभर आदि बदल्नुपर्छ । उज्यालो एवं चाकिलो रंगको र कलरफुल पर्दा, बेडकभरले कोठामा सितलता अनुभूत गराउँछ ।
घरबाहिरको वातावरण पनि रुखो एवं सुख्खा होइन, हरियाली देखिनुपर्छ । त्यसैले सुकेका रुख, फूलको बोट आदि हटाउनुपर्छ । फूलबारी, बगैंचा हरियाली देखियोस् ।
यद्यपी अनावश्यक झारले पनि घरको शोभा दिदैन । त्यसैले झारहरु उखेलेर सफा गर्नुपर्छ । पानी जम्ने खाल्डाखुल्डी राख्नु हुँदैन । सफा र छरितो देखिनुपर्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो