
घरका लागि फर्निचर किन्नु भनेको कुनै पनि घरकोे शोभा मात्र होइन दैनिक आवश्यकताका वस्तु पनि हुन् । त्यसैले फर्निचर किन्दा आकर्षक मात्रै हेरेर हुँदैन टिकाउ पनि हेर्नुपर्छ ।
फर्निचरका जुनसुकै सामान एकपटक घरमा ल्याइसकेपछि तुरुन्तै फेर्न सकिँदैन । त्यसैले फर्निचर किन्दा धेरै कुरामा विचार पुर्याउनु पर्दछ । के के हुन् त ती कुरा ?
१. बनावट हेर्नुस
आल्मुनियमको फर्निचरको साटो काठको फर्निचर खरिद गर्नु उपयुक्त हुन्छ । काठको फर्निचर कैयौं वर्षसम्म उपयोग गर्न सकिन्छ । साथै यसले घरलाई फरक ढंगले सजाउछ पनि ।
२. बजेट छुट्याउनुस
आफ्नो घरका लागि उचित फर्निचरको छनौट गर्दा तपाईंको बजेटले महत्वपुर्ण भुमिका निर्वाह गर्दछ । । एउटै वस्तु खरिद गर्न अत्यधिक पैसा खर्च गर्नु उपयुक्त हुँदैन किनकी तपाईं त्यति नै पैसामा अरु पनि धेरै चिज खरिद गरीब्यस्थापन मिलाउन सकिन्छ ।
३.कोठाको साइज
फर्निचरको किन्दा आफनो कोठाको साइज कत्रो छ । सो अन्दाज गरेर सामान छनौट गर्यो भने कोठा असुहाउदो देखिदैन ।
४.उचित डिजाइन
फर्निचरको डिजाइन छनोट गर्दा तपाईंले निकै सावधानी अपनाउनुपर्छ । यस्तो डिजाइन छनोट यस्तो गर्नुस जुन सबैभन्दा पछिल्लो मोडलको होस ताकि भविष्यमा यो चाँडै पुरानो नलागोस ।
५. साजसज्जा
काठको फर्निचर छनौट गरिरहनु भएको छ भने फर्निचरको तयारीलाई राम्ररी जाँच्नुस । यदितयारी राम्रो छैन भने रंग बिग्रिने सम्भावना बढ् िहुन्छ । त्यसैले सकभर ब्रान्डेड प्रोडक्टमा जानुस ।
६ .अपरम्परागत सामान
आफ्नो घरलाई फरक रुप दिनका लागि अपरम्परागत, युनिक र अनौठा चिजहरु खरिद गर्नु पर्दछ। विभिन्न प्रकारका रंगहरु तथा आकारहरुको उपयोग गर्नुस ।












समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
शेयर बजारमा १७.२६ अंकको हरियाली, ४ अर्ब बढीको कारोबार
भिजिबिलिटी कम हुँदा पोखराको उडान प्रभावित
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ