
सफलता र असफलता जीवनका पाटाहरु हुन् । असफलतालाई सही रुपले विश्लेषण गर्ने हो भने, त्यो सफलताको लागि मूख्य स्रोत बन्नसक्छ । यो कुरालाई प्रसिद्ध व्यक्तिहरुका यी प्रसिद्ध भनाइहरुले प्रस्ट पार्न सक्छन्
असफलता भनेको, अझ बढी सावधानी र विवेकको प्रयोग गरेर कामको फेरी सुरुवात गर्ने अवसर हो । -हेनरी फोर्ड
कहिलेकाहीं जब तिमीले युद्ध हार्छौ, तब युद्ध जित्ने नयाँ तरिका पत्ता लगाउँछौ ।
-डोनाल्ड ट्रम्प
असफलता भनेको सफलताको चाबी हो, किनकि हरेक गल्तीले हामीलाई केही नयाँ कुरा सिकाउँछ । -मोरिहेइ उएशिब
असफलता हुँदैन भने नयाँ आविष्कार र सिर्जनात्मकता पनि हराउँछ ।
-बे्रने ब्राउन
राम्रो नतिजा प्राप्त गर्नको लागि, असफलतालाई स्वीकारेर अगाडी बढ्नु जरुरी हुन्छ ।
-लेब्रोन जेम्स
असफलताबाट नअत्तालेउ, त्यसबाट सिक र फेरी सुरु गर ।
-रिचार्ड ब्रान्सन
असफलता बिना प्राप्ति असम्भव छ ।
-जोन सी म्याक्सवेल
सफलताको बीउ छर्नको लागि असफलताको मौसम सबैभन्दा उपयुक्त हुन्छ ।
-परमहंश योगानन्द
लड्नु असफलता होइन । हार मान्नु, असफलता हो ।
-जिना शोवाल्टर
आफ्नो लक्ष्य प्राप्त गर्ने सपनालाई असम्भव बनाउने, एक मात्र कारण हो असफल हुने डर ।
-पाउलो कोहलो
सफलताको खुशी मनाउनु राम्रो हो । तर त्यो भन्दा महत्वपूर्ण हो, असफलताले सिकाएको पाठमा ध्यान दिनु ।
-बिल गेट्स
मैले असफलता स्वीकार गर्न सक्छु, कहीं न कहीं सबैजना असफल भएकै हुन्छन् । तर, म फेरी प्रयास नगर्नुलाई स्वीकार गर्न सक्दिन ।
-माइकल जोर्डन
सफलता स्थायी हुँदैन र असफलता अन्त्य होइन ।
-माइक डिटका













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो