
स्याम वाल्टन एक प्रसिद्ध अमेरिकी व्यवसायी हुन् । वाल्टनले प्रसिद्ध बहुरार्टि«य कम्पनी वालमार्टको स्थापना गरेका हुन् । वालमार्टको स्थापना गरेर त्यसमा सफलता हासिल गरेका उनी अमेरिकाका सबै भन्दा धनी व्यक्ति बनेका थिए । उनको प्रेरक भनाइहरु:
– पैसाको अभाव भन्नु केवल बाहना मात्र हो, तिमीसँग स्पष्ट लक्ष्यको अभाव भएको हो ।
– हामीमध्य धेरैजसो आफ्नो आइडिया सिर्जना गर्नतर्फ लाग्दैनौ । आइडिया हरु मध्यबाट सबैभन्दा राम्रो जुन लाग्छ, त्यही लिन्छौं ।
– यदि तिमीले कामलाई माया गरेर, कडा मिहिनेत गछौं, केही नयाँ गर्ने कोसिस गरिरहन्र्छौ भने ज्वरो जसरी त्यो बानी तिम्रो टिमका सबै सदस्यमा फैलिन्छ ।
– प्रसिद्धिको लागि काम गर्ने व्यक्तिले ठूलो सफल हाँसिल गर्न सक्दैन ।
– तिमी कुनै कामले आज सफल भयौ भन्दैमा सधैं त्यही काम गरेर सफल हुदैनौ । सबै कुरा परिवर्तनशील छ । तिमी आफ्नो कामलाई त्यो परिवर्तन अनुसार परिमार्जन गर्दै जानुपर्छ ।
– तिम्रो व्यवसायको मालिक तिमी होइनौ, तिम्रा ग्राहक हुन् । तिम्रा ग्राहकले चाहेमा एकै पटकमा तिम्रो पद र तिम्रो व्यवसायलाई तल पारिदिन सक्छन् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो