
नारीकोसिस डटकम/साउन ३, काठमाडौं । एक साताअघि परेको अविरल वर्षाले पर्सामा ठूलो जनधनको क्षति भयो । पहिले डुबानममा नपरेको वीरगञ्ज एसियाली विकास बैंकको ऋण सहयोगमा नगर विकास कोष र वीरगञ्ज महानगरपालिकाको लगानीमा निर्माण भएको मझौला सहर तथा सहरी वातावरणीय सुधार आयोजनाका कारण दुई वर्षयता डुबानको समस्या भोग्न बाध्य भएको छ ।
डुबानबाट निकास पाउन निर्माण गरिएको आयोजना सम्पन्न भएपछि नै डुबानमा वीरगञ्ज सहर पर्न थालेपछि मुख्य बजार क्षेत्रका व्यवसायी नै आक्रोसित भएका छन् । ७२ घण्टा अविरल पानी परेपछि वीरगञ्जको मुख्य बजारक्षेत्र आदर्शनगर डुबानमा परेर त्यहाँका सबै पसल सटरमा पानी पसेर करोडौँको नोक्सानी भएको व्यापारीको गुनासो छ ।
आयोजनाको गलत डिजाइनका कारण पाँच दिनसम्म परेको वर्षाले वीरगञ्ज सहर डुबानमा परेको भन्दै आयोजनको सर्वत्र आलोचना भएका बेला आयोजना प्रमुख इञ्जिनियर शैलेन्द्र श्रेष्ठले भने आयोजनाको दोषबाट उम्किन सिर्सिया नदीका कारण वीरगञ्ज डुबानमा परेको बताएका छन् । यो समाचार कारोबार दैनिकमा छापिएको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु