
एजेन्सी । १५ वर्षभन्दा माथिका महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुन्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब दुई हजार पाँच सय महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्छ जसमध्ये करिब एक हजार चार सयको मृत्यु हुने गर्दछ ।
क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो छ । भाइरसको संक्रमणलाई प्रि क्यान्सर भनिन्छ । यो भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ। समयमै संक्रमण पत्ता लगाउन नसके ८/१० वर्षपछि यो क्यान्सरमा परिणत हुन्छ । संक्रमण भए नभएको प्याप स्मेयर टेस्ट गरेर पत्ता लगाउन सकिन्छ । प्याप स्मेयर टेस्टलाई पाठेघरको मुखको पानीको जाँच अर्थात् गर्भाशय स्राव परीक्षण भनिन्छ ।
PROMOTED CONTENT :
यो एउटा सजिलो जाँच विधि हो । यो जाँच गराउँदा महिलालाई धेरै झन्झट र दुःख हुँदैन । प्याप स्मेयर टेस्ट गर्दा स्त्रीरोग विशेषज्ञले पाठेघरको मुखबाट कोष निकालेर एउटा सिसामा फैलाएर प्याथोलोजिस्ट कहाँ पठाउँछन्। प्याथोलोजिस्टले माइक्रोस्कोपमा ती कोषहरुलाई हेरेपछि त्यसमा संक्रमण रहेको वा क्यान्सर नै रहेको भन्ने पत्ता लाग्छ । २१ देखि ६५ वर्ष उमेरका महिलाले यसको परीक्षण गराउनुपर्छ। यो परीक्षण पहिला ६ महिनाको फरकमा तीनपटक गर्नुपर्छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु