
नारीकोसिस डटकम/साउन १६, रौतहट । सीमावर्ती भारतीय बजारमा उपचारका लागि पुग्ने प्रदेश नम्बर २ का बिरामी महिलाहरुको बिना कारण पाठेघरको अपरेसन गर्ने गरिएको खुलेको छ ।
त्रिभुवन बिश्व विद्यालयका विशेषज्ञ डाक्टर खेम कार्कीले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उक्त खुलासा गर्नुभएको हो।
डाक्टर कार्कीले बढी पैसा कमाउने प्रलोभनमा परेर सीमावर्ती भारतीय बजारका केही डाक्टरहरुले मधेशबाट उपचार गराउन जाने अधिकांश महिलाहरुको पाठेघरको अपरेसन गरिदिने गरेको बताउनुभयो ।
गम्भीर प्रकृतिका पाठेघरको रोग लागेमा मात्र बिरामी महिलाको पाठेघको अपरेसन गर्ने गरिन्छ । तर पैसा कमाउने उद्देश्यले अपरेसन गरी बिरामीको पैसा र ज्यानसँग खेलवाड गरिएको कार्कीको दाबी छ।
पाठेघर सम्बन्धी रोग लागेमा कम्तिमा ३ देखि ४ वटा राम्रा डाक्टरसँग परामर्श गरेपछिमात्रै अपरेशन गराउनेबारेको निष्कर्षमा पुग्न उहाँले सुझाउनुभएको छ ।













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु