
नारीकोसिस डटकम /२३ फागुन, काठमाडौं ।गोरखापत्रले राष्ट्रिय योजना आयोगले तयार पारेको पन्धौं पञ्चवर्षीय योजनामा उल्लेख विषयमाथि मुख्य समाचार लेखेको छ । समाचार अनुसार, आयोगले आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न पाँच वर्षभित्र करिब ९८ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने अनुमान गरेको छ । उक्त लगानीबाट पाँच वर्षभित्र औसत १०.१ प्रतिशतसम्मको वृद्धिदर हुने आयोगको लक्ष्य छ ।
मस्यौदामा २२ औं शताब्दीको नेपालको परिकल्पना गर्दै आयोगले १० प्रतिशतसम्म आर्थिक वृद्धिको लक्ष्य अघि सारेको समाचारमा उल्लेख छ ।
यसका लागि कुल लगानीमध्ये सार्वजनिक क्षेत्रबाट ३७.६ प्रतिशत अर्थात ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैयाँ लगानी हुने अनुमान छ । त्यस्तै निजी क्षेत्रबाट सबैभन्दा धेरै ५६ खर्ब ८३ अर्ब ८८ करोड रुपैयाँ लगानी हुने मस्यौदामा उल्लेख छ । यो कुल लगानीको ५८.१ प्रतिशत हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु