
नारीकोसिस डटकम/साउन २८, कास्की । कास्की जिल्ला मादी गाउँपालिका वडा नं.३ याङजाकोट, दोबाटे निवासी ६३ वर्षिय चन्द्रमान गुरुङकी ३० वर्षिया फुलमाया गुरुङ (पुष्पा) ले तिम्ल्याहा सन्तान जन्माएकी छिन् ।
याङजाकोट गाँउमै पहिलो तिम्ल्याहा सन्तान जन्मिएको हो ।
यसैबीच तिम्ल्याहा शिशुहरु र सुत्केरी आमालाई पौष्टिक आहारको लागि सहयोग गरेको छ । याङजाकोट तमु समाज पोखराले सोमबार १५ हजार रुपैयाँ सहयोग गरेको हो।
पोखरा १२ शितलादेवीमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष सुवेदार चन्द्रबहादुर तमुले गुरुङ दम्पतीलाई सहयोग हस्तान्तरण गरे । कार्यक्रममा शितलादेवी टोल विकास संस्थाका अध्यक्ष समेत रहेका याङजाकोट तमु समाजका संरक्षक लोकबहादुर गुरुङले ५ हजार रुपैयाँ सहयोग प्रदान गरे । यस अघि स्याईस्याईकै रुपमा याङजाकोट डाँडा गाउँ निवासी लेमस्यो रिच्हमीको तर्फबाट १० हजार रुपैयाँ सहयोग प्राप्त भएको याङजाकोट तमु समाजका सचिव क्या। घनबहादुर गुरुङले बताए ।
शिशुहरुको ठुलो बाबा समेत रेहका क्या। गुरुङले तिम्ल्याहा बच्चा जन्मदा सेवा सुविधा अन्तर्गत दुहुना भैसी, पौष्टिक आहार, निःशुल्क स्वास्थ्य सेवा र निःशुल्क शिक्षाको व्यवस्था राज्यले गर्ने व्यवस्था रहेको उल्लेख गर्दै मादी गाउँपालिका र प्रदेश सरकारसँग सहयोगको लागि पहल गर्ने बताए ।
याङजाकोटमा खेती किसानीसँगै दक्ष मिस्त्रीको रुपमा परिचित चन्द्रमान गुरुङ श्रीमति फुलमायाले गत साउन १४ गते तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । तिम्ल्याहा मध्ये १ छोरा र २ छोरी रहेका छन्।














समाचार
विस्थापित सुकुमबासीलाई प्रतिपरिवार २५ हजार दिने सरकारको निर्णय
आगामी बजेटबारे विज्ञसँग छलफल गर्ने अर्थ समितिको निर्णय
दुर्गा प्रसाईंविरुद्ध ३ दिन म्याद थप
मदर टेरेसा एक विश्वप्रसिद्ध समाजसेवी
प्रभु बैंकको २१ औं साधारणसभा सम्पन्न
प्रधानमन्त्रीको निर्देशन पछि रोकियो विदेशबाट सर्वसाधारणले ल्याउने मोबाइलमा कडाइ
प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
सत्ता साझेदार दलको बैठक बालुवाटारमा सुर
ब्राउनसुगरसहित आमा–छोरा पक्राउ
बाँकेमा जोगागाउँ र गुरुवागाउँ मेला सुरु