
नारी कोसिस डटकाम/ माघ ८, काठमाडौँ । हिन्दू धर्मावलम्बीहरुले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा माघ शुक्ल पूर्णिमाका दिनसम्म चल्ने शालीनदी मेला मंगलवार समाप्त भएको छ ।
परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहिआएको राजधानीदेखि १७ किलोमिटर उत्तर–पूर्वस्थित साँखुमा रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिना स्वामी नामले चिनिने माधवनारायणको जल, प्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ भएको मेला माघ शुक्ल पूर्णिमाको दिन श्रद्धालु भक्तजनहरुले पूँजाआजा गरी सम्मपन्न भएको हो ।
व्रत बस्ने प्रत्येक महिलाले महीनाभरी नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर व्रत वस्ने गर्छन् । माघ महिना भरी शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालि पुण्य कमाइने, मनोकांक्षा पूरा हुने र छुटिएका जोडीहरुको पुन मिलन हुने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष शालीनदीमा लाखौँ भक्तजनहरुले दर्शन गर्ने गर्दछन् ।

सत्ययुगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार व्रत बसेर तपस्या गरी मनोकाक्षा पूरा भएको कुरा स्वस्थानी ब्रत कथाको धार्मिक जनविश्वास रहेको छ ।
पौष शुक्ल पूणिर्मादेखि व्रत बस्ने भएकाले, अघिल्लो दिनमा हातगोडाका नङ काटी आफ्नो शरीर सफा राखी सङ्कल्पपूर्वक व्रत बस्ने चलन रहेको छ । एक महिनापछि समापन हुने क्रममा पूँजा सामग्रीहरु जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न थरीका फलफूल, धुप, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र र भेटी लगाएतका नैबेत बनाई सबै किसीमका फलफूल र पूँजा समाग्रीहरु १०८ का दरले चढाई शिवलिङ्गसहित ॐकारयुक्त अष्टदलमा स्वस्थानीको विशेष पूँजागरिने प्रचलन छ । यसरी एक महिनाको व्रत पूरा हुने र गर्ने गरिन्छ ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो