
जेफ बेजस प्रसिद्ध व्यवसायी हुन् । विश्वका धनी व्यक्तिहरु मध्ये पर्ने उनी अनलाइन बजार एमाजोनका संस्थापक हुन् । हर्वाड बिजनेस रिभ्युले जेफलाई विश्वकै सबैभन्दा राम्रो सिइओमा दोस्रो स्थानमा राखेको थियो । उनको जन्म सन् १९६४ १२ मा भएको थियो ।
जेफ बेजसका सफलताका ३ सुत्र :
जेफ बेजसले एमाजोन सुरु गरेको केही समयमै फाइदा पाएका होइनन् । केही वर्षसम्म उनले निकै तनाव झेल्नुपरेको थियो । त्यसैले उनका अनुसार, दिर्घकालिन फाइदा वा सफलता हासिल गर्नुछ भने, कुर्नु नै पर्छ । यदि हामीले तत्कालको फाइदा मात्र हेर्न थाल्यौं भने ठूलो सफलता हासिल गर्न सक्दैनौं ।
सकारात्मक सोच भएका व्यक्तिहरुकको संगत गर्नुहोस् र आफ्नो काम गर्ने टिममा सही व्यक्तिहरुको छनोट गर्नुहोस् । सकारात्मक सोच र बौद्धिकता संगै त्यो व्यक्तिले आफ्नो कामलाई कत्तिको जिम्मेवारीपूर्ण तरिकाले लिन्छ, तपाईको सपनालाई कत्तिको बुझ्छ र आफूलाई अगाडी बढाउन चाहन्छ कि चाहदैन, त्यो सबै बुझेर मात्र टिम निमार्ण गर्नुपर्छ ।
आफ्नो टिममा व्यक्तिहरुमा छलफल चलाउनुहोस् । धेरै व्यक्तिबाट समाधानका विकल्पहरु धेरै लिन सकिन्छ । आफू मात्र जान्ने छु भन्ने नसोचेर सबैको सुझाव मनन गर्नुहोस् । त्यसपछि मात्र आफूले सही निर्णय लिनुहोस् ।













समाचार
छात्रालाई मासिक १६ सेनेटरी प्याड
योग गर्दा ध्यान दिनुपर्ने कुराहरु
उखु किसानले पाउँदैनन् सहजै पसिनाको मूल्य
प्रस्तावित टोखा–नुवाकोट सुरुङमार्ग चिनियाँ टोली काठमाडौँमा
इँटा बनाएर मासिक एक लाख आम्दानी
स्वस्थ मुटुका लागि दैनिक कति घण्टा निन्द्रा आवश्यक छ ?
बच्चा निरोगी बनाउन राम्रो स्याहारसुसार
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
जाडोमा ब्लडप्रेसर बढेको छ ? समयमै जाँच गर्नुस्, नत्र ज्यानै जाला
जब सुतेकालाई धमाधम उठाइयो